नेभिगेशन
राष्ट्रिय

निवर्तमान मन्त्री आलेले पठाएको आर्थिक सहयोग हस्तान्तरण

जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर सातमा दुबै खुट्टा भाँचिएर घाइते भएको बालक युद्ध शाहीलाई निवर्तमान वन तथा वातावर मन्त्री प्रेम बहादुर आलेले पठाउनुभएको आर्थिक सहयोग बुधबार हस्तान्तरण गरीएको छ ।

हुम्ला स्थित सामुदायिक रेडियो कर्णाली अवाजले युद्ध बचाउँ अभियान सञ्चालन गरेको छ भने हुम्लाका राससकर्मी तथा रेडियो कर्णाली आवाजमा कार्यरत दाने बोहराको बैंक खाता मार्फत दुबै खुट्टा भाँचिएका ११ वर्षिय बालब युद्ध शाहीको उपचारका लागी निवर्तमान मन्त्री आलेले पठाउनुभएको आर्थिक सहयोग रु १५ हजार आज प्रमुख जिल्ला अधिकारी गणेश आर्चायलाई हस्तान्तरण गरीएको हो ।

घाइते बालकका बुवाको केही वर्ष अघि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कारण उपचारका लागी आर्थिक अभावभएको समचार प्रकाशित भएपछि राससकर्मी बोहराको आग्रहमा मन्त्री आलेले पठाउनुभएको आर्थिक सहयोग आज प्रजिअ आचार्यलाई हस्तान्तरण गरीएको हो ।
बालकको उपचारका लागी जिल्लामा रु एक लाख ५२ हजार दुई सय रकम जम्मा हुनुका साथै नि वर्तमान मन्त्री आलेले पठाउनुभएको सहित रकम समेत गरेर रु एक लाख ६७ हजार २ सय रकम जम्मा भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

जिल्लामा व्यक्तिगत, तथा विभिन्न संस्थाले गरेर यो उपचारका लागी आर्थिक सहयोग जुटाउने कार्य जारी रहनुका साथै अझै सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ ।

घाइते बालक युद्धको उपचारका लागी कर्णाली प्रदेश सुखेर्तमा रहेको प्रादेशि अस्पतालले हुम्ला अस्पतालका डाक्टर टसी आंजुक लामा सहित चिकित्सकको आग्रहमा नि शुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ भने विभिन्न व्यक्ति, संघसंस्थाहरुले गरेको सहयोगको रकम जम्मा गरेर युद्धको पछिको पढाईको लागी खर्च गरिने भएको छ । १४ वर्षिय दिदिसँग बस्दै आएका बालक आमा बुवाको माया पाउनबाट बन्चित भएका छन् भने सानो समस्या पर्दा जिल्लाका अगुवाहरुले समधानको सहयोग जुटाउँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।