नेभिगेशन
राष्ट्रिय

लगतारको वर्षाले प्रसब व्यथा लागेको तीन दिनदेखि उद्धार हुन सकेन्

जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ का प्रशव व्यथा लागेका एक जना गर्भवती महिलाको खराब मौसमका कारण तीन दिनदेखि उद्धार हुन सकिरहेको छैन् ।

जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि प्रशव व्यथा लागेका गर्भवती महिलालाई रिफरका गरीएको भएपनि जिल्लामा लगातार पानी परेका कारण हवाई उडान हुन नसक्दा गर्भवती महिलाको अवस्था नाजुक बन्दै गएको जिल्ला अस्पताल हुम्लाका डाक्टर टसी आंजुक लामाले बताउनुभयो ।

प्रवश व्यथा लागेकी सिमकोट गाउँपालिका वडा नम्बर ६ का २७ वर्षिय जसमता रोकायाको पाठेघरमा रगत कम हुनुका साथै सेतो रगत चाहिने भएका कारण जिल्ला अस्पतालमा उपचार हुन नसकेको डाक्टर लामाले बताउनुभयो । उनको अवस्था नाजुक हुनुका साथै असार एक गते व्यथा लागेर उद्धारका लागी पहल भएपनि जिल्लाको मौसम खराब भएकाले जिल्ला बाहिर उद्धार हुन नसकेको बताइएको छ ।

तीनदिन देखि बिहानैबाट लगातार पानी परि रहेको कारण सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टरले उडान भर्न नसक्दा गर्भवती महिलाको उद्धार हुन नसकेको हो ।

प्रसव ब्यथा लागेकी गर्भवती महिलाको खराव मौसमको कारण तीन दिनदेखि हेलिकोप्टरबाट जिल्ला बाहिर उद्धारका लागि कठिनाई भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गरेर उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था भएको भएपनि लगातार वर्षा भईरहेको कारण हेलिकोप्टर उड्न सक्ने अवस्था नहरेको कारण उद्धार हुन नसकेको प्रजिअ आर्चायले बताउनुभयो ।

उद्धारका लागि चाहिने आवश्यक कागजात तयार भई सकेको, सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकोप्टरसँग पनि समन्वय भएको छ तर मौसममा सुधार नआएको कारण उद्धार गर्न कठिन भएको उहाँले बताउनुभयो । मौसममा सुधार नआएका कारण तीन दिनदेखि उद्धार हुन नसकेको हो । उद्धारकै लागि हेलिकोप्टर सर्खेतमा तयारी अवस्थामा रहेको प्रजिअ आचार्यको भनाई छ ।

वडा न ६ कि २७ वर्षकी जगतमाया रोकायाको सोमबारदेखि व्यथा लागेको र अस्पतालको प्रसुती गृहमा उपचार गर्दा रगत जम्ने कमी, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेशन जिल्लामा गर्न नसकिने भएपछि जिल्ला बाहिर रिफर गरिएको अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । अबस्था जटिल भएको कारण जिल्ला बाहिर रिफर गरिएको हो ।

प्रसव व्यथा लागेकी रोकायालाई चिकीत्सकले असार २७ गते गर्भवती हुने दिन तोकेको छ । जिल्लामा उपचार गर्न नसकिने भएपछि नेपालगञ्ज रिफर गरिएको अनमी बोहराले बताउनुभयो ।

त्यसैगरि प्रसुती व्यथा लागेका सर्केगार्ड गाउँपालिका वडा १ को तुम्च गाउँका ३५ वर्षिय कलसा रावतको केश भने स्वास्थ्य चौकीमै उपचार पछि समाधान भएको छ । उनको पनि गत मङगलवार हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।