पाँच दिन देखि लगातार परेको अविरल वर्षाले जिल्लामा सार्वजनिक संरचना देखि निजी क्षेत्रमा क्षेति पुग्दा लाखौको नोक्सान गरेको छ । लगातारको अविरल वर्षाले शनिवार अपरान्हसम्म जिल्लाको विभिन्न गाउँपालिकामा पाँचवटा घरमा पूर्ण क्षेति पुगेको छ भने, १६ वटा घरमा आम्शिक क्षेति पुर्याएको जानकारी आएको छ ।
वर्षाले खार्पुनाथ गाउँपालिका वडा १ घण्टविर बुढाको तीन तले पाँच कोठे घर, खार्पुनाथ वडा १ देउखुरी गाउँका लाकेश जैसिको माथिबाट बाट आएको पहिरोले घरमा पूर्ण क्षेति गरेको छ भने मानविय क्षेति भने नभएको बताइएको छ ।
यस्तै सिमकोट गाउँपालिका वडा २ ठेहे गाउँका विरजीत सुनारको एक तले टिनले छाएको तीन कोठे घरमा पूर्णरुपमा क्षेति गरेको छ भने वडा ३ वरगाउँका याङसु लामाको तीन तले ६ कोठे कच्चि घरमा पूर्ण क्षेति गरेको जानकारी प्राप्त भएको छ । यस्तै सर्केगाड गाउँपालिका वडा ७ रोडिकोड गाउँका कलम सार्किको तीन तले सात कोठे घरमा पूर्ण क्षेति गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले बताउनुभयो ।
तीनवटा गाउँपालिकामा पाँचवटा घरमा पूर्णरुपमा क्षेति पुगेको छ भने १६ वटा घरमा आम्शिक क्षेति पुगेको छ । जिल्लाभर २१ वटाघरमा आम्शिक देखि पूर्ण क्षेतिको खबर आएको भएपनि कति रकमसम्म क्षेति गरेको भन्ने जानकारी नआएको भएपनि जिल्लाभर लाखौको क्षेति पुगेको उहाँले बताउनुभयो ।
जिल्लाको खार्पुनाथ,सिमकोट र सर्केगाड गाउँपालिकामा लगातारको वर्षाले बढी क्षेति पुगेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यस्तै हिल्दुम जाने बाटोमा रहेको सिमकोट तल्लो गाउँमा कुला रावत सहित गरी चारजनाको घरमा जोखिम बढेको छ । घर नजिकै बाटो भएकाले बाटो मुनि पट्टिबाट माटो खनेर लिने भएको हुँदा घरमा जोखिम बढेको बताइएको छ । यसैगरी खार्पुनाथ गाउँपालिकाको वडा ५ को दुर्पाको मारघोरमा जाने बाटो वर्षातले पूर्ण भत्काएको जानकारी प्राप्त भएको छ । बाटो भत्किदा आवतजावतमा समेत समस्या बनाएको दुर्पाका स्थानीय देविसिंहले बताउनुभयो ।
सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षेति
यस्तै चारवटा स्थानमा सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षेति पुराएको छ । वर्षातले नाम्खा गाउँपालिकाको वडा १ को तारुक खोलामा रहेको फलामको ट्रसब्रिज पुललाई माथिबाट आएको बाढीले पुर्ण क्षेति गरेको छ सोही वडाको हेप्का खोलामा रहेको काठको पुललाई समेत माथिबाट आएको बाढीले बगाएर लिँदा पुर्णरुपमा क्षेति गरेको प्रहरी नायब उपरिक्षक शर्माले बताए ।
यसैगरी खार्पुनाथ गाउँपाचलिका वडा ५ मा रहेको लुम घट्टे खोला लघुजलविद्युत पावर हावसको एक थान पाइप बगाएको छ भने सोही गाउँपालिकाको वडा ५ को दुर्पामा रहेको मालिका देवि दुध कुण्ड बाख्रा पालन युवा बेरोजगार कृषि समुहको निर्माणधिन ३ कोठे ३ तले भवन भत्किएको बताइएको छ । यस्तै सर्केगाड गाउँपालिका वडा ७ को रोडिकोडमा रहेको ढापार सिचाई योजनाको निर्माणधिन एक सय ५० मिटर कुलो भत्किएको छ ।
खरकमा पशुवस्त मरेर लाखौको नोक्सानी
जिल्लाको सिमकोट गाउँपालिकाको गोडामौला भन्ने खरकमा वर्षाले पशुवस्तुमा क्षेति पुराउनुका साथै पशुवस्त मर्दा लाखौको क्षेति बनाएको छ । लगातारको वर्षाले एक जुमा, तीनवटा बाच्छा, चारवटा खसि मरेको लछु बुढाले बताउनुभयो । यसले गर्दा लाखौको क्षेति पुगेको छ भने खरकमा बस्दै आएका गोठालाई अविरल वर्षाले बासस्थानमा समेत समस्या बनाएको छ । जिल्लामा जुमाको पचास हजार देखि माथि पर्ने गरेको छ । खसिको रु १५ हजार देखि माथि २५ हजार सम्म पर्ने गरेको हुँदा करिब पाँच लाख बराबरको क्षेति पुगेको बढाले बताउनुभयो ।