नेभिगेशन
राष्ट्रिय

पेट भित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

सिमकोट गाउँपालिका वडा नम्बर ६ निवासी एक जना महिलाको प्रशव व्यथा लागेको हप्तादिन वितेको भएपनि समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्युभएपछि आइतबार आमाको उद्धार गरीएको छ ।

वडा नम्बर ६ निवासी २७ वर्षिय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार हुन नसक्दा दुई अगाडी बच्चाको पेट भित्रै मृत्युभएपछि आमाको आज उद्धार भएको हो ।

जिल्लामा लगातार वर्षा हुँदा हवाई उडान हुन नसकेको भएपनि उद्धारको लागी हेलिकोप्टर तयारी अवस्थामा रहेको हुँदा पनि खराब मौसमका कारण उडान हुन नसक्दा थप समस्या निम्तीएको थियो । बच्चाको पेटभित्र मृत्यु हुँदा आमाको ज्यानलाई थप जोखिम बढेकाले आज मौसममा अलिक सुधार आउँदा उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनुभयो ।

अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गरेर हेलिकप्टरको व्यवस्था भएपछि आज उद्धार भएको हो । २७ वषर्यि रोकायालाई व्यथा लागेको भएपनि पेटमै बच्चाको मृत्युभएको हो ।

पेटमै बच्चाको मृत्युभएपनि स्वास्थयकर्मीले आमाको ज्यानलाई थप जोखिम बढेको भन्दै वर्षाको समयमा पनि आज उद्धार भएर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी आर्चायले बताउनुभयो । अस्पतालको प्रसूतिगृहमा उपचार गर्दा रगत जम्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेसन जिल्लामा गर्न नसकिने भएपछि जिल्लाबाहिर रिफर गरिएको थियो ।

सुत्केरी व्यथा लागेकी गर्भवतीको छैटौं दिनसम्म पनि उद्धार हुन सकेको थिएन भने आज उद्धार गरीएको हो । अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्य गरेर हेलिकप्टरको व्यवस्था भएपछि उद्धार भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।