नेभिगेशन
राष्ट्रिय

कोभिड–१९ संक्रमित र अग्रपङतिमा खटिएका कर्मचारीलाई आयुर्वेदिक औषधि वितरण

कोभिड–१९ संक्रमित र अग्रपङतिमा खटिएका कर्मचारीलाई आयुर्वेदिक औषधि वितरण गरिएको छ । सातौँ अन्तराष्ट्रिय योग दिवसको अवसर पारी हुम्लाको रानीवन स्थित आइसोलेशनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कोभिड–१९ बाट प्रभावित बनेका संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि औषधि वितरण गरिएको हो ।

स्वास्थ्यका लागि योग भन्ने नाराका साथ स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाको आयोजनामा असार ७ गते (सोमवार) अन्तराष्ट्रिय योग दिवस मनाउनुका साथै आइसोलेशनमा रहेका कोरोना संक्रमित र क्वारेन्टाइनको व्यवस्थापनका लागि अग्रपङतिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकमी र कोभिड–१९ संक्रमितहरुलाई सो औषधि वितरण गरिएको थियो ।

आइसोलेशनमा रहेका संक्रमितहरुलाई निग्रानी गर्ने पाँच जना स्वास्थ्यकर्मी, पाँच जना सुरक्षाकर्मी र ३ जना कोरोना संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने उदेश्यका साथ अश्वगन्ध चुर्ण र इमुनो केयर आयुर्वेदिक औषधि वितरण गरिएको सोही कार्यालयका प्रमुख कृष्णचन्द जोसीले बताए । उक्त शाखा कार्यालय हुम्लाको टोलिले स्वास्थ्य मापदण्डको पालना गर्दै रानिवनमा रहेको क्वारेन्टाइन तथा आइसोलेशनमै पुगेर सो औषधि वितरण गरेको थियो ।

त्यसै गरि हाल स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखामा करीव २५ लाख रुपैयाँ बरावरको आयुर्वेदिक औषधि इष्टकमा रहेको सो कार्यालयका प्रमुख जोसिको भनाई छ । सेवाग्राहीको आवश्यक्ता अनुसार आफुले जतिवेला पनि उपयुक्त औषधि उपलव्ध गराउने प्रमुख जोसिले प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।