नेभिगेशन
राष्ट्रिय

युद्धको उपचारका लागी प्रदेशी हुम्लीले पठाए ८१ हजार सात सय आर्थिक सहयोग

केही दिन अगाडी जिल्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाको जबुका गाउँका दुबै खुट्टा भाँचिएर घाइते भएको बालक युद्ध शाहीकाृ उपचारका लागी चीनमा रहेका हुम्ली आर्थिक सहयोग पठाएका छन् ।

उपचारका लागी आर्थिक अवस्था कम्जोर भएको समचार रेडियो कर्णाली आवाज तथा राससमा प्रकासन भएसँगै चीनमा रहेका व्यापार, व्यवसाय लगायत अन्य काम गरी रहेका हुम्लीले रु ८१ हजार सात सय रुपैया सहयोग पठाएका हुन् ।

चीनमा रहेका ७५ जना हुम्लीले आफ्नो एक दिनको खाजा बापदको रकम कटाएर समेत सहयोग गरेको चीनमा रहेका सिमकोट गाउँपालिका वडा ४ बुराउने गाउँका जङग बहादुर लामाले (निमा) ले बताए ।

लामाले युद्ध शाहीको घरको आर्थिक अवस्था अति नाजुक तथा बुवा नभएर उपचारमा थप समस्या बनाएको समचार प्रकाशन पछि अलिकती भएपनि आर्थिक आर्थिक सहयोग गर्नु पर्छ भन्ने मान्यताले सहयोग रकम जुटाउने कार्यमा आफु र नाम्खा गाउँपालिका लिमी गाउँका छुल्ठिम लामा मिलेर संकलन गरेको ८१ हजार सात सय रुपैया बुधबार नेपाल पठाएका हुन् ।

बालकको उपचारका लागी आथिंक संगलन गर्ने कार्यमा आफु र लिमीका छुल्ठिम दुबै जनाले चीनमा रहेका हुम्लीलाई सहयोग मागेको उहाँले बताए ।

प्रमुख जिल्ला अधिकारीको सक्रियतामा हाल जिल्लामा बालकको उपचारका लागी अािर्थक संकलन हुने क्रम जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको नेतृत्वमा युद्ध बचाउँ अभियान सञ्चालन भईरहेको छ ।

हुम्लाका राससकर्मी दाने बोहराको बैंक खाता मार्फत दुबै खुट्टा भाँचिएका ११ वर्षिय बालक युद्धको उपचारका लागी चीनमा रहेका हुम्लीले पठाउनुभएको आर्थिक सहयोग रु ८१ हजार सात हजार विहिबार प्रमुख जिल्ला अधिकारी आर्चायलाई हस्तान्तरण गरीएको हो ।

घाइते बालकका बुवाको केही वर्ष अघि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कारण उपचारका लागी आर्थिक अभावभएको समचार प्रकाशित भएको हो ।

जिल्लामा व्यक्तिगत, तथा विभिन्न संस्थाले गरेर यो उपचारका लागी आर्थिक सहयोग जुटाउने कार्य जारी रहनुका साथै अझै सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ । हाल सम्म युद्धको उपचारका लागी रु दुई लाख ४८ हजार ९ सय ३९ रुपैया संकलन भएको प्रमुख जिल्ला अधिकारी आर्चायले बताए ।

घाइते बालक युद्धको उपचारका लागी कर्णाली प्रदेश सुखेर्तमा रहेको प्रादेशिक अस्पतालमा निशुल्क उपचार भईरहेको छ । १४ वर्षिय दिदिसँग बस्दै आएका बालक आमा बुवाको माया पाउनबाट बन्चित भएका छन् भने सानो समस्या पर्दा जिल्लाका अगुवाहरुले समधानको सहयोग जुटाउँदै आएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।