नेभिगेशन
राष्ट्रिय

एकिकृत प्रेस शिविर सञ्चालन भएको पहिलो दिन सात जनालाई प्रेस पास

हुम्लामा एकिकृत प्रेस शिविर सञ्चालन भएको पहिलो दिन सात जनाले प्रेस प्रतिनिधि पास पाएका छन् ।
प्रेस स्वतन्त्रताको आधार ः सुरक्षित र व्यवसायीक पत्रकार भन्ने मुल नाराका साथ, पत्रकार आंचार संहिता अभिमुखिकरण श्रमजीविको अवस्था कर्णाली प्रदेशको सञ्चार निति सम्वन्धि अन्तरकृया तथा प्रेस पास वितरण सहतको एकिकृत प्रेस शिविर सम्वन्धि सञ्चालन भएको कार्यक्रममा पत्रकार महासंघ शाखाका अध्यक्ष र सचिव लगायत सात जनाले उद्घाटन सत्रमै प्रेस पास पाएका छन् भने नेपाल बोर्ड अनलाइनले नविकरणको प्रमाणपत्र पाएको छ ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको पहलमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रेस काउन्सिल नोपल, न्युनतम पारिश्रमिक निर्धारण समिति, सुचान तथा प्रसारण भिभाग लगायत नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको टोलि जिल्लामा आए लगतै सो कार्यक्रम सञ्चालन भएको हो ।


जिल्लामा कार्यरत पत्रकारहरुका लागि सूचना तथा सञ्चार विभागले वितरण गर्ने प्रेस पास वितरण सहित पत्रकारिता क्षेत्रका विविध विषयमा छलफल गर्न एकिकृत प्रेस शिविर शुरु भएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले जानकारी दिए । जिल्ला बाहिरबाट आएको सो टोलिको सहकार्यमा मंगलबारदेखि बिहिबारसम्म तीन दिने एकिकृत सञ्चार शिविर सञ्चालन गरिएको छ ।


त्यस्तै हुम्ला जिल्लाको पत्रकारिताको बारेमा हुम्लाका वरिष्ट पत्रकार नबराज महतारा र पत्रकार आचार संहिता सम्वन्धि प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झवेन्द्र भुषालले प्रस्तुती करण गरेका थिए ।

शिविरका लागि नेपालको सञ्चार क्षेत्रसँग सम्बन्धित नीतिगत तहका सबै पदाधिकारी सिमकोटमा केन्द्रित भएका छन् । शिविरका लागि कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सिता कुमारी नेपाली, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम, प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाई, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झवेन्द्र भुषाल, सूचना तथा प्रसारण विभागका शाखा अधिकृत केशवप्रसाद शर्मा लगायतको टोली हुम्ला आइ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।