नेभिगेशन
राष्ट्रिय

करीव ४० लाख बरावरको अक्सिजन सिलिण्डर हुम्ला आई पुग्यो

स्वास्थ्य सेवा कार्यालय हुम्लाको आर्थिक लगानीमा जिल्ला बाहिरबाट करीव ४० लाख बरावरको अक्सिजन सिलिण्डर हुम्लामा आई पुगेको छ ।
गत जेठ अन्तिममा स्वास्थ्य सेवा कार्यालयले कोभिड १९ लाई मध्य नजर गर्दै जिल्लामा १ सय २० वटा अक्सिजन सिलिण्डर उपलव्ध गराएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए ।


जिल्लामा उपलव्ध भएका सिलिण्डरहरु हुम्लाका सातवटै गाउँपालिकाका स्वास्थ्य शाखाहरुलाई पठाएर कार्य सञ्चालन गरि रहेको प्रमुख सिंहले जानकारी दिए । अधिकांस गाउँपालिकाका स्वास्थ्य शाखाहरुलाई वितरण गरिएको छ छने केही बाँकी रहेका स्वास्थय शाखाहरुलाई वितरण गरिने भएको छ ।


प्रमुख सिंहका अनुसार काठमाडौँदेखि हुम्लासम्म सो सिलिण्डर आइपुग्दा करीव ३ लाख रुपैयाँ ढुवानीमा खर्च भएको छ भने खरीदमा करीव ३७ लाख रुपैयाँ लागत लागेको छ । उक्त अक्सिजन सिलिण्डर काठमाडौँ हुँदै कालिकोट, मुगु, र हुम्लाको सदरमुकाम सिमकोट सिमकोटसम्म गाडि र खच्चडमा ढुवानी गरिएको छ ।

उक्त सिलिण्डर ल्याउनका लागि हवाई जहाजले बोक्न नमानेपछि पैदल मार्गबाट जिल्लामा आयत भएको हो । त्यस्तै सो सिलिण्डर संगै कोभिडका सामग्री समेत खरीद गरि जिल्लामा आई पुगेको प्रमुख सिंहको भनाई छ । हुमलामा कोभिड १९ बाट प्रभावित भएका संक्रमितहरुका लागि केही सहज होस भन्दै स्वास्थ्य सेवा कार्यालयले कोभिडसंग सम्वन्धित सामग्री खरीद गर्ने कार्य गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।