नेभिगेशन
राष्ट्रिय

कोभिड १९ संक्रमणबाट प्रभावित बनेका डाक्टरलाई हेलिकप्टर मार्फत उद्धार

कोरोना संक्रमण पुष्टि भएका जिल्ला अस्पताल हुम्लाका डा. अमित विष्टलाई हेलिकोप्टरद्धारा रेस्क्यू गरिएको छ । असार १२ गते कोराना संक्रमण पुष्टि भएका डा. विष्टको अक्सीजन लेवल ६० भन्दा तल झरेपछि आज सिम्रीतको होलिकोप्टरबाट उद्धार गरेर काठमाडौंको एपिएप अस्पतालमा लगिएको जिल्ला अस्पताल हुम्लाका सुचना अधिकारी भक्ति फडेराले बताए ।


‘डा. अमितको गत एक हप्तादेखि अक्सीजनको लेवल कम हुँदै गएपछि जिल्ला बाहिर उद्धार गरिएको फटराले बताए । अक्सीजन दिएपनि लेबल बढेन उनले भने ‘कोरोनाको लक्षणसमेत हरेक दिन बढ्न थालेपछि थप उपचारका लागि आज हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।’


कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लामै उपचार गराइ रहेका डा. विष्टलाई पछिल्लो समय श्वाश फेर्न गाह्रो हुने, खाना खान मन नलाग्ने, लामो खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण बढ्दै गएपछि रेस्क्यू गर्नु परेको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।


डाक्टर विगत लामो समयदेखि जिल्ला अस्पतालमा कार्यरत हुन् । काठमाडौँमा रहेको एमएसआई संस्थाद्धारा तलव खादै आएका डाक्टर विष्टलाई सोही संस्थाले आफ्नै आर्थिक लगानीमा काठमाडौँबाटै बुधवार हुम्ला जिल्लाको जिल्ला अस्पतालमा हेलिकप्टरलाई टेकप गराई उद्धार गरिएको सुचना अधिकारी फडेराले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।