नेभिगेशन
राष्ट्रिय

जिल्ला दर रेट समितिले निर्माण सामाग्री र ज्यालाको रेट कायम गर्यो

जिल्ला दररेट समिति हुम्लाको बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि जिल्लामा आवश्यक निर्माण सामाग्री, श्रमीकको ज्याला लगायतका विषयमा बदलिँदो परिवेश अनुसार दर रेट तय गर्न समितिको बैठक बसेको जिल्ला दररेट समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

हरेक आथिक वर्ष परिवर्तित समय र परिवेश अनुसार जिल्लाको रेट कायम गर्ने नियामानुशार समितिको बैठ बिहिबार अपरान्ह तीन बजे बसेर सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारीएको छ।

राष्ट्रिय सडक सञ्चालमा नजोडिएको एकमात्रै जिल्लाको उपमा पाएको हुम्लामा निर्माण सामाग्री आयात गर्न हरेक आर्थिक वर्ष महंगो हुँदै जाने भएपछि समितिले सोही अनुसार निर्माण सामाग्री र ज्यालादारीमा काम गर्ने श्रमीकिको ज्याला समेत तोकिएको छ । ज्यालादारीमा काम गर्ने दक्ष, अर्धदक्ष र अदक्ष कामदारको दैनिक ज्याला, सामाग्री ढुवानीको दर देखि निर्माण सामाग्री आयात गर्न लाग्ने भाडा समेत समितिको बैठकले तय गरेको समितिका सदस्य सचिव तथा पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।