नेभिगेशन
राष्ट्रिय

हुम्लामा सुरक्षा भत्ता बैंक खातामा जम्मा गर्नेमा सिमकोट गाउँपालिका पहिलो

लामो समयदेखि रोकिएको सामाजिक सुरक्षा भत्ता सिमकोट गाउँपालिकाले बैँक खातामा जम्मा गरेको छ । नेपाल सरकारको प्राप्धान अनुसार स्थानीय गाउँपालिकाहरुले जिल्लाका ज्येष्ठ नागरिक, अपङ्गगाता भएका व्यक्ति र एकल महिलाहरुको सामाजिक सुरक्षा भत्ता बैँकमा जम्मा गर्न सुरु गरेको सिमकोट गाउँपालिका स्रोतले जनाएको छ ।


यो भन्दा पहिला सामाजिक सुरक्षा भत्ता वडा कार्यालय मताहत वितरण गर्ने गरेको भए पनि सरकारको निति अनुसार प्रति व्यक्तिहरुको आफ्नै खाता खोलेर पैँसा जम्मा गर्ने गरेको हो । जिल्लामा सम्पुर्ण सामाजिक सुरक्षा भत्ता प्रति व्यक्तिको खातामा जम्मा गर्ने गाउँपालिका मध्ये सिमकोट गाउँपालिका पहिलो गाउँपालिका बनेको छ ।


यस अघि सिमकोट गाउँपालिकाका अधिकांस ज्येष्ठ नागरिक, अपङ्गगाता भएका व्यक्ति, र एकल महिलाहरुले सदरमुकाम सिमकोटमै आएर खाता खोलेपछि सो भत्ता जम्मा भएको हो । दुई प्रतिसत जिल्ला बाहिर रहेका नागरिक बाहेक अन्य ९८ प्रतिसत नागरिकहरुको सामाजिक सुरक्षा भत्ता भने सेवाग्राहीको बैंक खातामा रकम जम्मा भएको समकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अघिकृत उजिर रोकायाले बताए ।


उनका अनुसार दुई प्रतिशत सेवाग्राही पनि जिल्लाबाहिर भएका कारण खाता खोल्न नसकिएपछि समस्या आएको र उनिहरुको पनि केही विकल्प बनाउन सकिने भएको छ । पहिले निकासा नआएको र सेवाग्राहीले बैंक खाता खोल्न ढिलो गरेका कारण वार्षिक रूपमा उक्त भत्ता बैंक खातामा पठाएको गाउँपालिकाले जनाएको छ ।


सिमकोट गाउँपालिकाका सम्पुर्ण सेवाग्राहीले सांग्रिला विकास बैंकमा खाता सञ्चालन गरेको र गाउँपालिकाबाट भत्ता सीधै उक्त खातामा जम्मा भइसकेको छ । पहिलाको तुलनामा यतिखेर बैंक खाता खोल्दा ३ सय ६८ जना सेवाग्राहीको संख्या घटेको छ भने २ हजार ७ सय सेवाग्राहीले बैंकमा खाता खोलेका छन् ।


सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकले मासिक ३ हजार, पूर्ण अपङ्गगताले ३ हजार, ६० देखि ६९ वर्षका ज्येष्ठ नागरिक र एकल महिलाले १ हजार ६ सय र बालबालिकाले चार रुपैयाँका दरले पाउँदै आएका छन् । गाउँपालिकाबाट वार्षिक ५ करोड २२ लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा गएको गाउँपालिकाले जाकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।