नेभिगेशन
राष्ट्रिय

कोभिड १९ विरुद्धको खोप अभियानमा खटेपछि स्वास्थ्यचौकी बन्द

चार दिनदेखि स्वास्थ्य चौकीमा स्वस्थ्यकर्मी नहुँदा विरामीले सास्ती खेप्नु परेको छ । उत्तरी नाम्खा गाउँपालिका वडा नम्वर ३ को खगाल गाउँमा रहेको स्वास्थ्य चौकी बन्द भएपछि विरामीहरुले सास्ती खेप्नु परेको हो । दैनिक दिन विरामी परेर सो स्वाथ्यचौकीमा उपचारका लागि गए पनि स्वास्थ्यकर्मी नभएको भन्दै विरामी रित्तो हातमा घर फिर्ता हुनु परेको गुनासो गरेका छन् ।


गत असार ३० गतेदेखि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि हाल सो गाउँका स्थानीय नागरिहरुलाई समस्या भएको छ । सोही दिनदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएर स्वास्थ्यकर्मीले स्वास्थ्यचौकी बन्द गरी नफर्केपछि बिरामीलाई उपचारमा समस्या भएको स्थानीय देव लामाले गुनासो गरे ।


“उनले भने” गाउँमा स्वास्थ्यचौकी बन्द भएपछि हाल विरामी परेका नागरिकलाई जिल्ला अस्पतालमा धाउनु पर्ने बाध्यता भएको हो । आफुले विरामीको उपचारको व्यवस्था र स्वास्थ्यचौकी तत्काल खोलिनु पर्ने भन्दै नाम्खा गाउँपालिकालाई आग्रह समेत गरेको लामाले सुनाए । उक्त स्वास्थ्यचौकीमा हाल ३ जना कार्यरत भएकोमा एक जना स्वास्थ्यकर्मी विरामी परेको र अन्य दुई जना स्वास्थ्यकर्मी सोही गाउँपालिकाको लामा खोल्सीमा कोभिड १९ विरुद्धको खोप आभियानमा गएपछि स्वास्थ्यचौकी बन्द भएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक ग्याछो लामाले बताए ।


संयोजक लामाका अनुसार लामा खोल्सीका जेष्ठ नागरिक लेक तिर बसोबास गर्दै आएकाले सोही ठाउँ पुगेर घम्ति शिविर सञ्चालन गर्दा केही ढिलाई भएको प्रतिकृया दिए । चार दिनदेखि बन्द भएको सो स्वास्थ्यचौकी खोल्ने व्यवस्थाका लागि साउन ३ गते विहान १० वजेसम्म स्वास्थ्यकर्मीलाई सो संस्थामा खटिनु पर्ने निर्देशन गरिएको संयोजक लामाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।