नेभिगेशन
राष्ट्रिय

संस्थागत रुपमा सुत्केरी गराउँन सफल

हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका वडा नम्वर ३ को खगाँलगाउँमा रहेको खगाँलगाउँ स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा पहिलो पटक संस्थागत रुपमा सुत्केरी गराउन सफल भएको छ । लामो समयदेखि खगाँलगाउँ स्वाथ्यचौकीमा बर्थिगं सेन्टर सञ्चालन हुँदै आएको भए पनि पहिलो पटक खगालगाउँकी २१ वर्षिया हिसे लामालाई सुत्केरी गराउन सफल भएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक ग्याछो लामाले बताए ।


नाम्खा गाउँपालिकाको खगालगाउँका महिलाहरु रुढीबादी परम्परा र अन्ध विश्वासका कारण सो बर्थिङ सेन्टरमा गएर सुत्केरी हुन हिचकिच्याउने, लाज मान्ने प्रवृति भए पनि साउन ५ गतेबाट होम डेलिभरि भन्दा बर्थिंग सेन्टरमै गएर सुत्केरी गराउँदा सुख हुने भएको विश्वस्त छन् । स्वास्थ्यचौकीमा संस्थागत रुपमा नाम्खा गाउँपालिकाको सो सन्टर तेस्रो र हिसे लामा सुत्केरी हुनेमा पहिलो भएको संयोजक लामाले जानकारी दिए ।


सोमबार वेलुकादेखि सुत्केरी व्याथा लागेर खगालगाउँ स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा भर्ना भएकी महिलालाई सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी सोभा रोकायाको अथक प्रयासमा मंगलबार विहान ४ वजे सुत्केरी गराउन सफल भएको बताइएको छ । गाउँको परम्परागत नियमले घर भन्दा बाहिर लिनु हुदैन भन्ने मानसिक्ता गरेको भए पनि वडा नम्वर ३ मा पहिलो पटक संस्थागत रुपमा सुत्केरी गराउन सफल हुँदा केही हौसला बढेको संयोजक लामाको भनाई छ ।


महिलाहरुलाई सुत्केरी व्यथा लागेमा नियमित रुपमा स्वास्थ्य संस्थामा स्वास्थयकर्मी खटाइएको र अवका भावि दिनहरुमा नाम्खा गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराए वापतको रकम पनि उपलव्ध गराउने लगायत नियमित रुपमा स्वास्थ्य संस्थामा चेकजाँच गराउन आएमा केही सुत्केरी महिलाहरुलाई उतकृष्ट पुरुषकृत समेत गरिने भएको संयोजक लामाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।