नेभिगेशन
अदानचुली

सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट उद्धार

सिमकोट । जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर पाँच बारी गाउँका २१ वर्षिय गर्भवती सुनकेशा रावललाई सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा आज उद्धार गरीएको छ ।

तीन दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा थप उपचारका लागी रावलको नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार अपरान्ह जिल्ला बाहिर उद्धार गरीएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिईन् ।

रावलको अवस्था नाजुक भएपछि नेपाली सेनाको हेलिकप्टरबाट अहिले उद्धार गरेको अनमी बोहराले बताईन् ।

गाउँमा रहेका स्वास्थ्यचौकीमा जटिल केसका विरामीको लागी स्वास्थ्य उपकरण नहुँदा समयमै उद्धार नहुँदा कतिपय महिलाले अकालमै ज्यान गुमाउनु परेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार अपरान्ह करिब ५ बजे सुत्केरी महिलाको उद्धार गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...