नेभिगेशन
राष्ट्रिय

हवाई कार्गोको भाडादर वृद्धि भएपछि व्यवसायी मर्कामा 

हवाई कार्गोको भाडादर वृद्धिभएपछि सदरमुकाम सिमकोटका व्यवसायी मर्कामा परेका छन् । हुम्लामा हवाई कार्गोको भाडादर २५ प्रतिशतले वृद्धि गरेपछि व्यवसायीले सास्ती खेप्नु परेको छ । हवाई इन्धनको मूल्य नबढेपनि कार्गोको भाडादर बढेको एयरलाइन्सले स्वीकार गरेका छन् ।


केही दिन अघि तीन वटै हवाई जहाजहरुले १ सय रुपियाँ भाडामा पठाइने सामान हाल सिता एयर बाहेक अन्य समिट र तारा एयरले २५ रुपियाँ बढाएर १ सय २५ रुपियाँमा हुम्ला पुगाएको व्यवसायीले गुनासो गरेका छन् । समिट एयर नेपालगंजका बजार व्यवस्थापक उमेश बिसीले यसअघि नेपालगंजबाट सिमकोटका लागि लिदै आएको भाडादर प्रतिकेजीमा १ सय रुपियाँमा ढुवानी गरेको थियो भने यतिखेर १ सय २५ रुपियाँमा ढुवानी गर्दै आएको बताए ।


तर सो एयरलाईन्स काठमाडौंका बजार व्यवस्थापक मन्जनी श्रेष्ठले सामानको माग बढेका कारण भाडा दरमा वृद्धि गर्नु परेको बताईन । उनले भनिन् इन्धनको मूल्यवृद्धि भएको बेला पनि भाडा नबढेता पनि यतिखेर भने ढुवानीको माग निक्कै बढेका कारण भाडा वृृद्धि भएको जानकारी दिईन । त्यसैगरि सुर्खेतबाट पनि प्रतिकेजी ढुवानी भाडादर १ सय १० रुपियाँ पुगेको छ । यसअघि सुर्खेतबाट प्रतिकेजी ८५ रुपियाँमा ढुवानी हुने गरेको थियो ।


इन्धनको मुल्य वृद्धि नहँदा पनि सामनको ढुवानी भाडादर वृद्धि गर्नु राम्रो कार्य नभएको व्यवसायी रामजन रावतले बताए । रावतका अनुसार नेपालगंजबाट करीव चार दिन मात्रै सिता एयरले उडान भर्न नपाउँदै अन्य जहाजहरुले मुल्य वृद्धि गरेको र आफुले १ सय ३० रुपियाँ तिर्दै आएको गुनासो गरे ।


त्यस्तै चर्को हवाई ढुवानी कै कारण हुम्लामा सामानको मुल्य अत्याधिक महंङ्गो पर्ने गरेको छ । नेपालगंज र सुर्खेतबाट हवाई मार्गबाट ढुवानी हुने कार्गोको सामानको ढुवानी गर्ने रोकाया पुस्तक पसलका व्यापारी ज्ञान बहादुर रोकायाले चाडबाडको समयमा भाडा वृद्धि हुँदा मर्कामा परेको बताए ।


पहुँजवाला मात्रै पुग्छन् हुम्ला


जनै पर्णिमा लागेसंगै जिल्ला भित्रिनका लागि नेपालगंज विमान स्थलमा मानिसहरुको निक्कै घुंइचो लाग्ने गरेको छ । हुम्ली नागरिहरुको वर्षको एक पटक मात्रै ठूलो चार्डपर्वको रुपमा मनाईने जनै पुर्णिमाका लागि जिल्ला फर्कनेहरुको सख्यामा वृद्धि भएको पाइएको छ । हुम्ला उडानका लागि नेपालगंज एरपोटमा दैनिक दिन विहान सहभागि भए पनि पहुँज र पावरवालाहरु मत्रै सिमकोट पुगेका छन भने अन्य सर्व साधरणले उडान भर्न नपाएको यात्रुहरुले गुनासो गरेका छन् ।


नेता तथा ठूला बडाले भनेकाहरु एक दिन कुरा गर्दै हुम्ला पुगे पनि अन्य सर्वसाधरणले भने सास्ती खेप्नु परेको पाईको छ । दैनिक दिन उडान भर्ने आसै आसमा नेपालगं विमान स्थलमा सहभागि भएको करीव दुई हप्ता पछि मात्रै टिकट पाएको स्थानीय फागुने विकले गुनासो गरेका हुन् । उनका अनुसार कहिले काग्रोको सामन लिने, कहिले मौषम समस्या भन्ने, त कहिले यात्रु बढि भएको न्युमा आफुलाई दुई हप्तासम्म राँजा एरपोटमै बस्नु परेको हो ।

टिकट भाडा भन्दा होटेलमा बसेको खर्च बढि भएपछि विहान वेलुकाको छाक टार्न समेत समस्या भएको विकको भनाई छ । त्यस्तै नेपालगंजको एरपोटमा करीव चार दिनसम्म रोकिनु परेको अर्का स्थानीय कुविर परियारले जानकारी दिए । उनले भने पहुँज र पावरवालाले मात्रै टिकट भन्दा हुन्छ हामी जस्ता सर्वसाधारणले पैसा भएर के गर्ने ?


त्यस्तै उडान भर्ने समयमा उक्त जहाजहरुका लोडरहरुले यात्रुहरुलाई असभ्य भाषा बोल्ने गरेको पाइएको छ । यसले गर्दा सो क्षेत्रका काउण्टरका प्रमुख भन्दा लोडरहरुले सचेत रहनु पर्ने देखिएको परियारले बताए ।


नेपालगंजदेखि हुम्लाका लागि हवाई यात्रु भाडा वृद्धि


नेपालगंजदेखि हुम्लाका लागि हवाई यात्रु भाडा समेत वृद्धि भएको छ । विगतमा नेपालगंजबाट हुम्ला उडान भर्दा १० हजार ५ सय लिने गरेको भए पनि यतिखेर १० हजार ८ सय ७५ रुपियाँ लिने गरेको छ ।

संधै जसो हवाई भाडा वृद्धि गर्नु अस्वभाविक भएको स्थानीयले बताएका छन् । यतिखेर इयरलाइन्सहरुले मनपरि तवरले भाडा वृद्धि गर्दा हुम्ला उडान भर्ने यात्रुहरुले समस्या झेल्नु परेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।