नेभिगेशन
राष्ट्रिय

बजार अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरू नष्ट ।

बजार अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरुलाई नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दसरत राईको संयोजकत्वमा भदौ ११ गते विहान ८ वजे बजार अनुगमन गर्ने क्रममा भेटिएका म्याद गुज्रिएका तथा अखाद्य बस्तुहरू नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राईको नेतृत्वमा गएको सो टोलिले सदरमुकाम सिमकोटका ३३ वटा पसलहरुको अनुगमन गरिएको थियो ।

 

समकोट तल्लो बजार र माथिल्लो बजारका ३३ वटा पसलहरुमा अनुगमन गर्ने क्रममा पाँच केजी बासमति चामल, १५ पिस जिरा मसला र एक पिस कुकिज मात्रै फेला परेको बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी राइले बताए । पछिल्ला समय सदरमुकाम सिमकोटमा वजार अनुगमनलाई निरन्तरता दिएपछि सिमकोटका पसलहरूमा म्याद गज्रिएका तथा अखाद्य बस्तुहरु न्युन भेटिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी राइको भनाई छ ।


उनका अनुसार पहिलाको तुलनामा बजारका पसलहरुमा चिसो पियपदार्थ र अन्य घर्यासी कामका लागि प्रयोग गरिने कुनै पनि खाद्य बस्तुहरु म्याद गुज्रिएका सामग्रि नभेटिदा बजार सुधारउन्मुख रहेको मानिन्छ । पसल अनुगमनकै क्रममा सदरमुकाम सिमकोटको एउटा फ्रेसहाउसमा चेक गर्दा उक्त पसलमा पनि सडे गलेको मासु नभेटिएको पाइएको छ ।


जिल्लामा कुखुराको मासु कम विक्रि हुने र आपुर्ति पनि न्युन रहेका कारण वजारका मासु पसलमा सडे गलेको मासु सुन्य रहेको बताइएको छ । अनुगमनका क्रममा भेटिएको म्याद गुज्रिएका तथा अखाद्य चिज बस्तुहरुलाई सोही दिन विधुत कार्यालयको खाली जग्गामा लिएर जलाएर नष्ट गरिएको सदस्य सचिव धर्व बाठा मगरले बताए ।


जिल्ला प्रशासन कार्यालय, उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग बाणिज्य संघ, गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, संचारकर्मी लगायतको सहभागितामा बजार अनुगमन गरिएको थियो । त्यस्तै आउदा दिनहरुमा उक्त टोलिले जिल्लाका अन्य गाउँपालिकामा समेत पुगेर उक्त पसलहरूको अनुगमन गर्नु पर्ने देखिएको छ ।

विगतका दिनमा सदरमुकाम सिमकोटबाट किनेर लिएका बस्तुहरूबाटै धेरैको स्वास्थ्यमा समस्या देखिएको थियो । पुनः पनि त्यस्तो समस्या नहोस भन्ने उदेश्यका साथ उक्त टोलिले आनिवार्य रुपमा अनुगमन गर्नु पर्ने उपभोक्ताको माग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।