नेभिगेशन
अर्थ

असारे भुक्तानीका लागि ३० करोड नगद थप

सिमकोट । राष्ट्रिय बाणीज्य बैंकले नगद अभाव हटाउन बुधबार ३० करोड नगद थप गरेको छ ।

असार मसान्तको समयमा जिल्लाभरका योजनाहरुका उपभोक्ता समितिले एकै पटक भूक्तानी लिन आएकापछि नगद अभाव भएको हुम्लामा बाँकेको नेपालगञ्ज देखि समिटि एयरको विमान चार्टर गरेर बाणीज्य बैंकले ३० करोड नगद थप गरेको राष्ट्रिय बाणीज्य बैंक सिमकोट शाखाका प्रबन्धक सविता शाहीले जानकारी दिनुभयो ।

“असार २५ गतेयता विकासे रकमको भुक्तानीमा अजपेक्षित रुपमा वृद्धी आएपछि नगद भुक्तानी सकिएको हुम्लामा अब भुक्तानी सहज भएपछि नेपाल राष्ट्र बैंकसँगको समन्वयमा आज ३० करोड नगद चार्टर गरेर जिल्ला ल्याइएको हो” शाहीले नेपालवोटलाई भनिन्, “असार २५ गते बैंकमा २५ करोड नगद मौज्जात भएपनि हरेक तीन ५।६ करोडको भुक्तानी लिन थालेपछि तीन दिनमै बैंकमा नगद अभाव भएको हो ।”

७ गतेयता नगद मौज्जात कम भएको बाणीज्य बैंकमा पछिल्लो तीन दिनमा हरेक दिन ६ करोडका दरले रकम भुक्तानी लिएपछि बैंकमा नगद सकिएको हो । २७ गतेयता नगद मौज्जात कम भएको बाणीज्य बैंकमा २८ र २९ गते दश हजारको चेकबाहेकका चेकको भुक्तानी गर्न नसकिएको राष्ट्रिय बाणीज्य बैंक हुम्लाले जनाएको छ ।

आज चार्टर गरेर आएको नगददे अवको एकसातासम्म सहज रुपमा भुक्तानी हुने अनुमान बैंकले गरेको छ । हरेक दिन एक चेकबाट ९ लाख ९९ हजारको भुक्तानी दिने बताउनु भएका शाखा प्रबन्धक शाहीका अनुसार २५ गतेयता नेपाल राष्ट्रबैंकले तोकेको सिलिङ अनुसार नैं बैंकले हरेक चेकको भुक्तानी दिने काम गरिरहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सिमकोट बजार अनुगमन 

सिमकोट बजार अनुगमन 

नयाँ नोट मुद्रण नहुँदा बैंकमा २५ अर्बले सटही घट्यो 

नयाँ नोट मुद्रण नहुँदा बैंकमा २५ अर्बले सटही घट्यो 

नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न परेन । उनका अनुसार अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि...
सिमकोटका मासु पसलको अनुगमन

सिमकोटका मासु पसलको अनुगमन

'पसलहरुमा सरसफाईलाई ध्यान नदिएको पाइयो । हामीले त्यसमा ध्यान दिन सुझाव दिएका छौं', सहायक प्रमुख जिल्लाअ धिकारी सुवेदीले भन्नुभयो, 'सबै पसललाई बजार मूल्य अनुसारको मूल्य सूचि समेत देखिने...