सिमकोट । गाउँपालिका बाहिरका विभिन्न स्थानमा भएका सम्पर्क कार्यालय बन्द गर्न अदानचुली गाउँपालिकाका उपाध्यक्ष कणर्ब रोकाया सुधारले निर्देशन दिएका छन् ।
पालिकाले मंगलबार आयोजना गरेको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता एवम् भि पि एन सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाईसंवोधन गर्दै रोकायाले यस्तो निर्देशन दिएका हुन् ।
पालिकाका नागरिकका दैनिक जीवनसँग जोडिएका समस्याको समाधान गर्न र नागरिकका दैलोका विकास निर्माणका काम गर्न आएको रकमले पालिका बाहिरका विभिन्न स्थानमा राखिएका सम्पर्क कार्यालय तत्काल राखेज गर्नु पर्ने बताए । पालिकाका सम्पर्क कार्यालयका नाममा सुर्खेत, सिमकोट र काठमाडौं जस्ता स्थानमा घर भाडामा लिने र पालिकाको रकम खर्चिने प्रवृती राम्रो नभएको उल्लेख गरेका उपाध्यक्ष रोकायाले पालिकाको बजेट पालिकाकै विकासका लागि खर्चिनु पर्नेमा जोड दिए ।
पालिकामा पाहिलो कार्यकाल भन्दा अहिले कर्मचारी र अन्य हिसाबले पनि सहज बन्दै गएको बताए । ६ वटा वडा भएको अदानचुलीमा धेरै वडाले वडा सचिव प्राप्त गरेको अधिकांश शाखाले प्रशसनीक नेतृत्व प्राप्त गरेको बताएका रोकायाले जनताको काम कुनै पनि बहानामा रोक्न नहुनेमा जोड दिए ।
‘चार जना वडा सचिव पाएका छौं । विगत भन्दा काम गर्न सहज छ । असजताका नाममा जनताका काममा समस्या पार्ने काम कसैबाट नहोस्’ उपाध्यक्ष रोकायाले भने, ‘हामीले सामाजिक सुरक्षा भत्ता बैंक प्रर्णालीबाट गर्ने कामको शुरुवात भएको छ । हामीले राम्रो र पारदर्शी काम गर्ने वडा र कर्मचारीलाई पुरस्कारको व्यवस्था गर्ने र राम्रो काम नगर्नेका लागि दण्डको व्यवस्था गर्नुपर्छ ।’
नगरिकको प्रत्यक्ष गर्जो टार्ने रकम सामाजिक सुरक्षा भएको र अनियमितता पनि सामाजिक सुरक्षामै भएको उल्लेख गरेका रोकायाले विष्गतका वर्षमा सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कामहरूमा बिगार पनि कर्मचारीबाटै भएको दावी गरे । आप्mनो वडामा कार्यालय राख्नु पर्ने वडाले वडाको भूगोल बाहिर सम्पर्क कार्यालय राख्ने पालिका भन्दा बाहिर पालिकाका सम्पर्क कार्यालय राख्ने काम नियम विपरित भएको दावी गर्दै त्यस्ता कार्यालय तत्काल बन्द गर्न निर्देशन दिए ।
कर्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष डिलबहादुर फडेराले पालिकाले राम्रो काम गर्नेलाई पुरष्कृत र नराम्रो गर्नेलाई दण्डितको नीति ल्याउन गर्न जरूरी रहेको बताए । सामाजिक सुरक्षा भत्तामा भएका लापरबाहीहरू अब सच्याउनु पर्ने अबस्था आएको बताएका फडेराले दण्ड रपुरस्कारको व्यवस्था नगरे कर्मचारी र जनप्रतिनिधिमा पनि प्रतिस्प्रर्धाको भावना जागृत नहुने जिकिर गरे ।
वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले पालिकाले यस अघि सञ्चालन गरेको घटना दर्ता अभियान नामको मात्र अभियान सञ्चालन भएको उल्लेख गर्दै अबको तीन दिने तालिम पश्चात सबै काम वडाबाट हुने विश्वाश व्यक्त गरे । नामका मात्र वडामा सहायक कम्प्युटर अप्रेटर नराख्न आग्रह गरेका छत्यालले न्युनतम्म मापदण्ड अनुसारको पारिश्रमिकको व्यवस्था गरेर ५ वटै वडामा कम्यूटर अप्रेटरको व्यवस्था गर्न माग गरे ।
कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष बृखबहादुर बुढाले घटना दर्ताको कामलाई प्रभावकारी रुपमा अघि बढाउन पालिकाले प्रत्येक वडामा १।१ सचिब र कम्प्यूटर अप्रेटरको अनिवार्य व्यवस्थ ागर्न आवश्यक रहेको बताए ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहिको अध्यक्षतामा आयोजना भएको तालिम ३ दिनसम्म चल्ने भएको छ ।