नेभिगेशन
राष्ट्रिय

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै  प्रशसनमा ज्ञापन-पत्र 

सिमकोट । भूटानी शरर्णाथी प्रकरणमा नेपाली नगारिकलाई नक्कली भुटानी शरर्णाथी बनाएर सर्वसाधारणबाट करोडौको रकम असुल्ने भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै हुम्ला जिल्ला प्रशसकन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । 

प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेको प्रमाण सहितको प्रतिवेदन सरकारलाई पेश गर्ने अन्तिम समय भएको बेला बास नेपाल नामक गैरसरकारी संस्थाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत सरकारलाई दवाव दिन यस्तो ज्ञापनपत्र बुझाइएको संस्थाका हुम्ला अध्यक्ष तिर्थराज भण्डारीले जानकारी दिए ।  

भ्रष्टाचार सामाजिक अपराध हो । भ्रष्टाचारले लोकतान्त्रिक मूल्य, मान्यता, नैतिकता, न्याय, कानूनी शासनलाई कमजोर बनाउँदै देशको अर्थतन्त्रलाई धरासायी बनाउने उल्लेख गर्दै जिल्लाका नागरिक अगुवाहरुले घटनामा संलग्न जुनसुकै व्यक्तिलाई पनि कानून अनुसार कारबाहीको माग गरेका हुन् । 

पछिल्लो समय मुलुक भ्रष्टाचारबाट आक्रान्त भएको निष्कर्ष निकाल्दै भ्रष्टाचारको कुनै राजनिति र भौगोलिक सिमा नहुने हुँदा यसको नियन्त्रणको लागि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट दावा सृजना गर्न  नागरिक अगुवाको पहल स्वरुप सरकारलाई दवाव दिन आफूहरुले ज्ञापन पत्र पेश गरेको भण्डारीले बताए र 

‘भ्रष्टाचार विरुद्धको माहासन्धी संयुक्त राष्ट्रसंघको महासभाले २००३ मा पारित गरि सकेको छ । तर पनि पछिल्लो समय देशको छविलाई धमिलो गराउने गरि नेपाली नागरिकाई भुटानी शरर्णार्थी बनाई संयुक्त राज्य अमेरीका पठाउन राज्य शक्तिको दुरुपयोग गर्ने कुनैपनि पदाधिकारी र कर्मचारीलाई उन्मुक्ति दिनु हुन्न भन्ने धारणा हाम्रो हो’ भण्डारीले भने ‘त्यसका लागि सरकार र प्रहरी प्रशासनलाई दवाव दिनका लागि जिल्लाबाट यस्तो अभियान चालिहएको हो ।’
 
नक्कली शरर्णार्थीले काण्डले नेपालको विश्वमै बदनाम भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार विरुद्धका समन्यत्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गर्ने, राजनीति दललहरुलाई पारदर्शिता बनाउन, व्यवस्था गर्ने, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत विकास गर्ने र राष्ट्रिय सतर्कता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाउन माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई बुझाइएको छ । 

ज्ञापन पत्र बुझ्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले यसको बारेमा तत्कालै जानकारी सरकारका सबै निकायमा गराउने प्रतिक्रिया दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।