नवराज महतारा
भाद्र १२, सिमकोट । छिमेकी मुलुक चिनको स्वाशासित क्षेत्र तिब्बतको बुराङ्ग काउण्ट्री सँगको सिमा वार्ताको नाममा आप्mना श्रीमती र घरपरिवारलाई कैलास मानसरोवर घुमाउन गएको भनेर स्थानीयबाट चर्को बिरोध खेपेका प्रमूख जिल्ला अधिकारी नेतृत्वको टोली सिमाक्षेत्रबाट भागेको छ ।
परम्परा देखि हरेक साउने (जनै) पूर्णिमाको अवसरमा जिल्लाभरीका धामीझाँक्री र स्थानीयलाई व्यापारक सामान आयातमा निकै सास्ती खेप्नु परेको वेला सिमा सुरक्षा वार्ताका नाममा आप्mना आफन्त र पपिरवारलाई मानसरोवर घुमाउन जिल्लाका सुरक्षा अधिकारी उद्धत भएपछि हिलबाट प्रमूख जिलला अधिकारी माधवप्रसाद ढुंगाना नेतृत्वको टोली भागेको हो ।
चिनको टोलीसँग दुई देशबिचको सुरक्षा सम्बन्धि अनौचारिक छलफल गर्न ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी ढुगांनालाई हिल्साबाट श्रीमतिलाई छोडेर भाग्नु परेको छ । दुई पक्षिय सुरक्षा वार्ताका नाममा पटकपटक ताक्लाकोट गएपपनि आप्mना मागको सुनुवाई हुनु भन्दा जिल्लाका सुरक्षा अधिकारीलाई मानसरोवर घुम्न र चिनियाँ पक्षको आतित्थ्यमा रमाउन थालेपछि रिसिएका ताक्लाकोट स्थित हुम्लाका स्थानीय व्यापारीले निकै चर्को आलोचना सहितका गुनासा राखेपछि प्रजिअ ढुंगाना सोमबोर राती आठ बजे राती भागेको नेपाल चिनको सिमा क्षेत्र हिल्साबाट एकजना व्यापारीले रेडियो कर्णाली आवाजलाई जानकारी दिए । उनका अनुशार प्रमूख जिल्ला अधिकारी, प्रहरी प्रमूखका गतिविधिले चिनियाँ खाना, वास र मानसरोवर घुम्नमै मात्रै केन्द्रित भएर नेपाली पक्षले पाएका दुखको समाधान नभएको भन्दै नेपालकै राष्ट्रियतामै आँच आएपछि हिल्सा र ताक्लाकोटमा भएका स्थानीयले चर्को बिरोधको सामाना गर्न नसक्दा हुम्लाका सुरक्षा अधिकारीलाई रातारात भाग्नु परेको हो ।
चिनियाँ पक्षले केही समय यता परम्परादेखि चल्दै आएको धार्मिक भ्रमणमा प्रतिबन्ध लागेको, ३० किलोमिटर सिमा क्षेत्रसम्म दुवैपक्षले सहज आवतजावत गर्नपाउने नीति अनुशार नेपाली पक्षले आवतजात सहज रुपमा गर्न नपाएको, ताक्लाकोटबाट आयात गरिने खाद्य सामाग्रीमा समेत सहज आयत नभएको, चिनियाँ पक्षले हसिमा क्षेत्रमा भएका नेपाली पक्षलाई अपमानति क्रियाकलाप गरेको जस्ता गतिविधि हुँदा समेत दुई पक्षिय वार्तामा नेपाली प्रतिनिधि मण्डलका सदस्य तथा जिल्लाका सुरक्षा अधिकारीले कुनै वास्ता नगरेको भन्दै स्थानीय निकै आक्रोसित बनेको हिल्सामा व्यापार गर्दै आएकी दुम्जोङ लामाले बताइन । उनले भनिन् “जहा बसेर पनि व्यापार गर्न पाउने आप्mनो अधिकार माथि जिल्लाको सिडियोले नै धावा वोले पछि आफूहरु जिल्लाको प्रशासनको बिरुद्धमा रिसिएका हौं ।”
सिमाना वार्ताका नाममा कती कर्मचारीका श्रीमती र आफन्तले मानसरोवर घुमे तर हामीलाई सहज हुनु भन्दा उल्टै चिनियाँ पक्षले खाद्य देखि अन्य दैनिक सामाग्री आयातमा कडाई गरेको छ, हिल्साका पर्यटन व्यावासयी ईन्द्र लामाले रेडियो कर्णाली आवाजसँग टेलिफोनमा कुराकानी गर्दै भने “समस्याको समाधान निकाल्नु भन्दा किन वार्ता हुन्छ तर समस्या जस्ताको तस्तै हुन्छ भन्दा जवाफ दिनु भन्दा प्रजिअ आफै भागेर गए ।”
स्थानयको चर्को आलोचना पश्चात प्रमूख जिल्ला अधिकारी ढुंगानासँगै प्रहरी प्मूख रविन श्रेष्ठ पनि हिल्साबाट रातारात भागेको हिल्सामा भएका स्थानीय व्यापारी दावी गरेका छन् । सिमावार्तासँग आप्mना श्रीमतीलाई मानसरोवर घुमाउन हिल्सा लगेको भन्दै आक्रोसित भएका स्थानीयले आप्mनो जिज्ञासाको जवाफ नआउञ्जेलसम्म प्रजिअ ढुंगाना र प्रहरी प्रमूख श्रेष्ठका श्रीमतीलाई हिल्साबाट जान नदिने अडान राखेका छन् । यसका बारेमा स्थानीय प्रशासन जिल्ला प्रशासन कार्यालय हुम्ल र जिल्ला प्रहरी कार्यालय हुम्लाले केही आधिकारी जनाकारी नआएको प्रतिक्रिया दिएको छ ।