नेभिगेशन
अदानचुली

भिरबाट लडेर अदानचली १ का दानीको मृत्यु

सिमकोट । अदानचुली १ का गौरीलाल दानीको भिरबाट लडेर मृत्यु भएको छ ।

मूल घर कल्खेबाट हुम्ला र मुगु कर्णालीको दोभानमा जाँदै गरेको अवस्थामा आइतबार राती ९ बजे लडेर मृत्यु भएको श्रीनगर प्रहरी चौकीका हायक प्रहरी निरिक्षक कृष्णकबहादुर बुढाले बताउनुभयो ।

आइतबार परेको दसरा पूर्णीमाको अवसरमा लाग्ने मेला हेर्न घर आएका दानीको उनले होटेल व्यवसाय गरिरहेको दोमुख जानेक्रममा बीचबाटोबाट लडेर मृत्यु भएको हो । घरबाट बिदा भएर गएका उनि बिहानसम्म साढे एक घण्टाको पैदल दूरीमा पर्ने दोमुखमा नपुगेपछि उनको खोजि भएको थियो ।

‘घरबाट गएको र गन्तव्यमा नपुगेपछि कता गए भनेर बिहान खोजि गर्दा कर्णाली कोरिडोरको सडकको छेउको मृत अवस्था रक्ताम्य गौरीलाल भेटिए’, दोमुखमा पसल व्यवसाय गरेर बसेका कल्खेकै छत्त महताराले भन्नुभयो ‘उनको अवस्था हेर्दा दौमुख भन्दा माथिको भिरमा पर्ने लौठारुखबाट लडेर कर्णाली करीडोरको सडकमा खसेपछि उनको ज्यान गएको देखिन्छ ।’

घरबाट एक्लै गएका उनीसँग कोही साथी नभएपछि उद्धार हुन नसकेको हो । आज बिहान खोजि कार्य गर्दा उनलाई मृत भेटिएको हो । खोजि कार्यमा गएका महतारा लगायतको टोलीले दानीलाई मृत अवस्थामा भेटेपछि लगत्तै गल्फागाड प्रहरी चौकीमा खबर गरेको थियो । लगत्तै आप्mनो टोली घटना स्थलमा पुगेको प्रहरी निरिक्षक कृष्णकबहादुर बुढाले जानकारी दिनुभयो ।

स्थानीय परबहादुर थापाका अनुसार प्रहरीको स्थलगत मुचुल्का पश्चात मृत दानीको स्थानीय परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...