नेभिगेशन
राष्ट्रिय

विद्यार्थीलाई भुइमा बसेर अध्ययन गर्नु शिक्षा प्रति राज्यको उदासिनता हो’ अनेरास्ववियू

काठमाडौं । अनेरास्ववियूले हुम्लाको सर्केगाड गाउँपालिका १ तुम्चको देवल आधारभूत विद्यालयका विद्यार्थी भुइमा बसेर अध्ययन गर्नु राज्यले शिक्षा माथि गरेको उदासिनताको पराकाष्ट भएको प्रतिक्रिया दिएको छ ।

विद्यालयमा अध्ययनरत २२० जना विद्यार्थी २१औं शताब्दीको समयमा पनि डेक्सबेन्च नभएर भुइमै बसेर अध्ययन गर्नु परेको बाध्यताप्रति राज्यका तीनै तहका सरकार उदासिन हुनु निकै दुःत पक्ष रहेको नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय अध्यक्ष समिक बढालले प्रतिक्रिया दिएका छन् ।

विद्यार्थी भूइमै बसेर अध्ययन गरेको सामाचार प्रति आप्mनो संगठनको ध्यानाकर्षण भएको उल्लेख गर्दै अनेरास्ववियूको तर्फबाट प्रेस विज्ञप्ती निकाल्दै अध्यक्ष बडालले राज्यले प्रदान गर्ने शिक्षा र शैक्षिक गुणस्तरमा विद्यार्थीले समान महशुस गर्न सक्नुपर्दछ तर भौगोलिक बनावट र पहुँचका आधारमा शिक्षामा असमानता हुनु ज्यादै दुःखत भएको बताए ।

विज्ञप्तीमा भिनएको छ, ‘कक्षा १२ सम्म निःशुल्क शिक्षा साथै सम्मानजनक रुपमा पढ्न पाउने विषय संविधानले ग्यारेष्टी गरेको अवस्थामा अपमानजनक स्थितीमा पढ्न पाउने बाध्यताको अन्त्य गरी विद्यार्थीले पाउने पर्ने बाध्यताको अन्त्य गरी विद्यार्थीहरुले पाउनु र्पो निःशुल्क शिक्षा, पाठ्यपुस्तक र दिवा खाजा कार्यक्रम , विद्यालयमा डेक्स बेन्च लगायत न्यूनतम पूर्वाधारहरु एवम् शिक्षक दरबन्दीहरु व्यवस्था गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार समक्ष जोडदार माग गर्दछौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।