नेभिगेशन
राष्ट्रिय

सिमकोटको आगामी नीति ः पर्यटकलाई वान डे स्टे देखि नगर प्रहरी गठनसम्म (पूर्णपाठसहित)

सिमकोट । शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सिमकोटको नीति तथा कार्यक्रम प्रस्तुतः आगामी वर्षदेखि भवन मापदण्ड लागु गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

चालुआर्थिक वर्षका सुत्केरीका लागि पोषण थैली, रैथाने बाली (चिनो, कागुनो, सिमीदेखि)को बजार व्यवस्थापन जस्ता कार्यमा नयाँ कार्यक्रम लागु गरेको सिमकोटले पालिकाको सरसफाईमा परिचलान गर्न नगर प्रहरी गठन गर्ने, सिमकोट भएर कैलास मानसरोवर तिर्थ जाने तिर्थालुहरुलाई एक दिन सिमकोटमै बस्ने वातावरण तयार पार्ने नीति सिमकोटले लिने भएको छ । 

‘उच्च हिमाली, विविधतायुक्त, व्यापारिक र पर्यटकीय सहर ः समृद्ध हाम्रो सिमकोट नगर” बनाउने दीर्घकालिन सोच, नेपाल सरकारको पन्ध्रौ योजना, दिगो विकासका लक्ष्य, संघ र प्रदेश सरकारको बजेट तथा प्राथमिकता र गाउँबासीका आधारभूत आवश्यकता पुरा गर्ने अभियानप्रति पूर्ण प्रतिबद्ध सिमकोले १६ वटा गाउँपालिकाका नीति तथा कार्यक्रमका प्राथमिकताका आधारमा नीति तय गरेको गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी प्रतिरोधले बताउनुभयो । 

‘समृद्धीको मुल आधार, सुरक्षित गाउँ  सडक विस्तार”, ‘सुरक्षित आवास र व्यवस्थित निवास’,  ‘एक गाउँ एक विशेष उत्पादन’, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, जस्ता नारासहितको नीति तथा कार्यक्रम ल्याएको सिमकोटले विद्यालयका प्रधानाध्यापकलाई खुल प्रतिष्प्रधाबाट ल्याउने नीति अघि सारेको छ । 

पलिकामा सञ्चालित सञ्चार माध्यमलाई सूचिकरण गरेर व्यवस्थित गर्ने नीति अघि सारेको सिमकोटले आगामी वर्ष शाक्षर गाउँपालिका घोषणा कार्यक्रम जस्ता नीतिलाई अघि सारेको छ । 

यस्तो छ, सिमकोटले ल्याएको नीति तथा कार्यक्रम 
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।