हुल्ला । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा मौसमी रुघाखोकिका विरामीको संख्यामा वृद्धि भएको छ । विशेष गरेर गाउँपालिकाको वडा नम्वर १, २, ३ र ४ का बालबालिका र बृद्धबृद्धाहरुमा मौसमी रुघाखोकिका विरामी बढ्न थालेका हुन् ।
पछिल्लो समय जिल्लाका अधिकांस गाउँपालिकामा मौसमी रुघाखोकिका कारण जताततै विरामीको संख्यामा वृद्धि हुन थालेपछि अदानचुली गउापालिकाका बालबालिका तथा बृद्धबृद्धामा पनि विभिन्न खाले विराम देखिन थालेको श्रीनगर स्वास्थय चौकीका इन्चार्ज राम सरण थापाले रेडियो कर्णाली आवाजलाई जानकारी दिनु भयो ।
इन्चार्ज थापाका अनुसार यतिखेर वडा नम्वर १, २, ३ र ४ लगायतका करीव २५ देखि ३० जना जति बालबालिका र बृद्धबृद्धामा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने, झडा पखाला लाग्ने जस्ता विभिन्न रोगका लक्षणहरु देखा परेका बिरामीहरु स्वाथय चौकीमा दिनहुँ आउने गरेका छन ।
उक्त लक्षण तीन वर्षदेखि माथि १६ वर्षदेखि मुनिका बालबालिका र ५५ बर्ष देखि माथिका बृद्धबृद्धाहरुमा देखा परेको छ । विशेष गरेर सो विराम स्वास्थ्य संस्थामा सहजै रुपमा आउन नसक्ने बालबालिका र बृद्धबृद्धाहरुमा देखा परेको हो । उक्त मौसमी रुघाखोकिका कारण बिद्यालय जाने विद्यार्थिको पठनपाठनमा समेत प्रभावित भएको छ ।
त्यसै गरि इन्चार्ज थापाले हाल स्वास्थय सस्थामा औषभिको मात्रा प्रयाप्त भएका कारण विरामी परेका बालबालिकाहरुलाई औषधि गर्नुका साथै उपचार समेत गर्दै घर पठाउने गरेकोे बताउनु भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखामा भर्खरै मात्र प्रयाप्त रुपमा औषधि आए संगै पालिका भित्रका स्वास्थ्य संस्थामा आउदो दशै सम्म औषधिको अभाब नहुने भएको छ ।