सिमकोट । हुम्लाको हिल्सा नाकाबाट चीनको ताक्लाकोटतर्फ कोराना परिण गर्नु नपर्ने भएको छ । जिल्लावासीका साथै पर्यटकहरूको यसअघि हुँदै आएको कोरोना परीक्षण गर्नु पर्ने बाध्यता हटेको हो ।
उक्त स्थानमा परीक्षण गर्दा कसैलाई हालसम्म कोरोना नदेखिएपछि गाउँपालिको निर्देशन अनुसार कोरोना परीक्षण कार्य बन्द गरिएको हो । अब हिल्सामा चीनको ताक्लाकोटतर्फ जाने जो कोहीलाई पनि कोरोना परीक्षण कार्य नगरिने भएको नाम्खा गाउँपालिका वडा नम्बर ५ स्थित हिल्सामा रहेको स्वास्थ्य संस्थाका संयोजक गोर्ख भण्डारीले जानकारी दिनु भएको छ ।
उहाका खनुसार गत वैशाख १८ गते चीनले हिल्सा नाका दुईतर्फी रूपमा खुलाएपछि त्यसयता ताक्लाकोटतर्फ जाने सबैको अनिवार्य कोरोना परीक्षण हुने गरेको भएपनि लामो समय कोरोना परीक्षण गर्दा कसैलाई पनि कोरोना नदेखिएको भन्दै गाउँपालिकाको निर्देशन अनुसार हिल्सामा कोरोना परीक्षण कार्य बन्द गरिएको हो ।
चार महिनामा हिल्सामा खटिएका स्वास्थ्यकर्मीहरूले तीन हजार पाँच सय हुम्लावासी र मानसरोवर कैलाशको दर्शन गर्ने हुम्लावासीको कोरोना परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ देखिएको हो । हिल्सा नाकाबाट चीनको ताक्लाकोटतर्फ जाने पर्यटक, व्यावसायी, तीर्थयात्री, ताक्लाकोट काम गर्न जाने हुम्लीवासीको कोरोना परीक्षण भएको थियो ।
कोरोना परिणका लागि सोही गाउँपालिकाका निवर्तमान उपाध्यक्ष पे्रमा लामाले आफ्नो घरको एउटा कोठा निःशुल्क दिएर कोरोना परीक्षणका लागि काम गर्ने ब्यवस्था समेत गर्नुभएको थियो । कोरोनाका किटहरू सकिएको बेला सुरक्षा निकायको समन्वयमा ताक्लाकोटबाट आवाश्यक किटहरु ल्याएर परीक्षण गर्ने कार्य गरिएको भए पनि उक्त कार्य आगामी दिनमा नगर्ने भएको छ ।
जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता...सोमबार, पुस १, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.