सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले केरुङ नाकन हुँदै तिब्बतीबाट सिमकोट शाखाका लागि पठाइएको ३ हजार मध्य १४ सय क्विन्टल खाद्यन्न सिमकोट आइपुगेको छ । काठामाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हिल्सामा आइपुगेकोे खाद्यन्न ट्रयाक्टर मार्फत सिमकोट आइपुगेको हो । दिनहुँ हिल्साबाट खाद्यन्न बोकेर आइरहेने ट्रयाक्टर खाद्यन्न ओसार्ने गरेका छन ।
अिल्साबाट शुक्रबार साँझ सम्म १ हजार ४ सय १४ क्विन्टल खाद्यन्न सिमकोट शाखामा पुगेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडल सिमकोट शाखा प्रमुख कृष्ण प्रसाद अधिकारीले बातए । खाद्यन्न लोड भएका गाडीहरूले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यन्न बोकेका चालीस वटा गाडी हिल्सा पुगेपछि यतिबेला उत्त खाद्यन्न सिमकोट ल्याउने गरिएको छ ।
दुई साता अगाडी खाद्यन्न लोड भएका चालिस गाडी काठमाडौँबाट रसुवाको केरुङ नाका हुदै हुम्लाको हिल्सा सम्मका लागि छुटे संगै खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पैदल मार्गबाट पठाएको हो । हिल्सा आइपुगेको ४ हजार खाद्यन्न मध्य एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाको लागि ढुवानी हुनेछ।
सो खाद्यन्न अघिल्लो आर्थिक वर्षको खाद्यन्न हो। खाद्यन्न सिमकोट पुगे लगत्तै सर्वसाधारणका लागि बिक्री वितरण गरिने छ । तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यन्न हवाई मार्गको खाद्यन्नभन्दा ढुवानी दर सस्तो परेको छ ।
काठमाडौं, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यन्न प्रति क्वीन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रति क्विन्टल खाद्यन्न चार हजार आठ सय रुपियाँ ढुवानी लागेको अधिकारीले बताए ।
यस अघि नेपालगंजबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नको हवाई भाडा प्रति क्वीन्टल सोह्र हजार लाग्ने गरेको थियो भने सुर्खेतबाट प्रति क्वीन्टल पन्ध्र हजार पाँच सय रपैयाँ लिमीटेडले तिर्दै आएको थियो ।