नेभिगेशन
अदानचुली
अदानचुली गाउँपालिका

हुम्लाको अदानचुलीमा चरणवद्ध रुपमा देउडा आयोजना हुदै

अदानचुली । हुल्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा चरणवद्ध रुपमा देउडा आयोजना हुने भएको छ ।

यसअघि एउटै पालिकामा कर्णाली सस्कृतीक संरक्षण केन्द्र र सस्कृतिक सामाजिक तथा पर्यटन प्रवद्धन केन्द्र रहको भएपनि दुई धुब्रको दृष्टीले हेरीने हुदा दुबै सस्कृतिक सरक्षण केन्द्रको विधान समायोजन गरी कार्तिक १५ गते पुन बैठक आवान गरेर नयाँ नामाकरण गरी एउटै बनाउने निर्णय भए संगै आगामी दिनमा आउने स्थानिय मेला पर्बमा गाउँपालिका भित्र चरण्वद्ध रुपमा देउडा आयोजना गरिने भएको छ । 

दुबै धुर्बका संरक्षण केनद्रहरु अब एकै ठाउँमा आएपछि अदानचुलीका वडाहरुमा चरणवद्ध रुपमा स्थानिय पर्वमा देउडा प्रतियोगिता गरिने भएको हो ।

स्थानिय देउडा खेलाडीलाई उत्पादन संगै नव प्रतिभाको सम्मानका निम्ति देउडा प्रतियोगिताको आयोजना गरिने भएको छ ।

यस अगाडीका दिनहरुमा बाहरिका देउडा पारखी लाई ल्याइने गरिएको भएपनि अबका दिन स्थानिय नवप्रतिभालाई पालो दिने त्तकालिन कर्णाली संस्कृती संरक्षण केन्द्रका अध्यक्ष राज बहादुर दानिले जानकारी दिनु भएको छ । 


गाउँपालिकामा लागि नजिकिदै आएको चाखो मेलामा अदानचुली ६ को पाल्समा आयोजना गरिने भएको यस्तै अनन्ते पुर्णिमा अदानचुली ३ मान अयोजन गरिने भएको छ । यसैगरी बर्ष भरिकै ठुलो मेला बिजया पुर्णिमाका बेला अदानचुली २ मा अयोजना गरिने भएको छ ।

जुन वडामा हुने मेला बर्षकै ठुलो मेलाका रुपमा मानिदै आएको छ । उत्त मेला मुगु सहित बाजुराका धामी झक्रीका साथै भत्तजन समेत आउने गरेका छन । सोही मेला संगै अन्य मेलामा समेत स्थानिय नागरीकको मनोरञ्जनका लागि देउडा आयोजना गरिने भएको अध्यक्ष दानिले बताए । 

यससंगै उक्त पालिकामा भैले पुणिएली ४ को बिगोठीमा अयोजना गरिने भएको छ । यस्तै उक्त समयमा स्थानिय महिला र पुरुषबिच देउडा अने भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...