नेभिगेशन
विदेश

महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

दुबई स् साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग गरिएको छ। सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँचजनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो।

सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी रहेको पूर्वी प्रान्त शिया क्षेत्रमा विरोध प्रदर्शन गरेकाहरूलाई मानवअधिकार उलंघन गरेको आरोप लगाइएको छ। सन् २०११ देखि पूर्वी प्रान्तमा प्रदर्शन गर्दै आइरहेकी महिला अधिकारकर्मी इश्रा अल गोमघाम मानवअधिकार हननसम्बन्धी अभियोगमा मृत्युदण्डको सजाय तोकिने पहिलो महिला हुन्। उनी शिया समुदायबीच गरिने भेदभावविरुद्ध प्रदर्शन गर्दै आएकी थिइन्।

उनलाई सन् २०१५ को डिसेम्बर महिनामा उनकै घरबाट श्रीमान्सहित नियन्त्रणमा लिइएको एम्नेष्टी इन्टरनेसनल र ह्युमन राईस् वाचले सूचनामार्फत जनाएका छन्। ुसरकार विरोधी प्रदर्शनमा सम्लग्न भएको अभियोगमा इश्रासहित पाँचजनाले अहिले भयावह दण्ड सजाय भोगिरहेका छन्,ु एम्नेष्टी इन्टरनेसनलका मध्यपूर्व निर्देशक समाह हाडिडले बताए।

उनले यो निर्णय फिर्ता लिन साउदी अरबका अधिकारीसँग आग्रह गरिरहेको जानकारी समेत दिएका छन्। तर आफूहरूको आग्रहका बारेमा उनीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विदेश
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी...
 बंगलादेशमा थप संकट चुलिदैं: प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

 बंगलादेशमा थप संकट चुलिदैं: प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् । न्यायाधीशहरुले हिजो साँझ कानून...
नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।