हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकामा इन्टेरनेट नहुदा सेवाग्रहीलाई सास्थी भएको छ । १ हप्ता अगाडीदेखि इन्टेरनेटको टावरमा राखिएको पावर ब्याकअपमा समस्या आएपछि नागरीकलाई प्रत्यक्ष रुपमा सेवा लिन समस्या भएको हो ।
एक साता अगाडी सम्म राम्रो काम गर्दै आएको वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिको इन्टरनेट सेवामा खराबी आउँदा नागरीलाई बैङ्क तथा बित्तिय संस्था संगै वडा कार्यलयहरुमा ब्यत्तिगत घटना दर्ता गर्न समेत समस्या भएको सेवाग्राहीले बताउने गरेका छन ।
गाउँपालिकाको वडा नम्बर २ स्थित कुटिभिरमा राखिएको वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिको टारमा राखिएको ब्याट्रीमा खराबी आएपछि सेवाग्राहीलाई समस्या भएको छ । एक साता अघिसम्म काम गरिरहेको इन्टरनेटको टावरमा राखिएको ब्याट्रीमा खराबि आउदा घाम लाग्ने बेला मात्र इन्टरनेट आउने र आकाशहबाट घाम जादा इन्टरनेट सेवा जाने गरेको छ ।
उत्त टावरकाने ब्याट्रीमा खराव आए संगै गाउापालिकामा रहेको एक मात्र ग्लोबल आइएमी बैङ्कलाई सेवाग्राहीलाई सेवा दिन समस्या भएको बैङ्कको स्रोतले जनाएको छ । यस्तै इनटरनेट अभाब भएककै कारण अन्य नागरीकलाई ब्यात्तिगत घटना दर्ता देखी अनलाइनबाट हुने सबै काम यतिबेला ठप्प भएको छ ।
उत्त पालिकामा अहिले सम्म फोरजी सेवा बिस्तार नहुदा वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिको इन्टरनेटबाट सेवा गर्दै आएको भएपनि यतिबेला समस्या भएको हो । शनिबार बिहान देखि आकाशमा बादल आए संगै इन्टरनेट सेवा ठप्प भएको रेडियो श्रीनगरका प्राबिधिक प्रमुख मोतिलाल महताराले जानकारी दिनु भएको छ । उहाका अनुसार यसअघि बिहान ८ बजे आउने र साँझ ५ बजे इन्टरनेट जाने गरेको भएपनि यतिबेला ठप्पै बनेको छ ।
यता वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिका हुम्ला प्रमुख रामजन रावतलाई बुझ्दा उत्त ब्याट्री बर्षकै फेर्ने गरीरहेको भएपनि यतिबेला समस्या हुदा त्यस पालिकामा नागरीलाई सेवामा सकस भएको छ । अब असोज पहिलो साता भित्र कालिकोटबाट नायाँ ब्याट्री झिकाएर मर्मत गर्ने बताउनु भएको छ ।