नेभिगेशन
अर्थ
राष्ट्रिय सडक सञ्चाल

राष्ट्रिय सडक सञ्जालसंग नजोडिदा हुम्लाको स्याउले बजार पाएन 

सिमकोट । हिमाली जिल्ला हुम्ला अहिले सम्मपनि राष्ट्रिय सडक सञ्जालमा नजोडिदा जिल्लाका स्याउले बजार पाएका छ्रैनन् । हुम्ला जिल्लामा पछिल्लो समय स्याउ खेती गर्नेको संख्यामा उल्लेखनीय देखिए पनि स्याउले बजार पाउन नसकेको हो । जिल्लाका स्याउ कृषकले स्याउको बोटहरु रोपेर स्याउ फर्म गरेर उत्पादनमा वृद्धि गरेको भएता पनि विक्रि बितरणका लागि बजार पाउन नसकेको हो । 

स्थानीय स्याउ कृषकले यो वर्ष हुम्लामा स्याउ उत्पादनमा निक्कै वृद्धि भएको भए पनि हुम्ला जिल्ला राष्ट्रिय सडक सन्जाललमा नजोडिएपछि स्याउले बजार नपाउनुको मुख्य कारण भनेकै स्याउ उत्पादन हुने सबै ठाउँमा डाडी नपुग्नु मानिएको छ । विगतका वर्षहरुमा रुखामा फुल फुलेको समयमा असिना र हावाले फुल झार्ने गरेको भए पनि यो वर्ष सो समयमा त्यस्तो समस्या नआएपछि स्याउ उत्पादनमा उल्लेखनिय देखिएको छ । स्याउ उत्पादनमा वृद्धि भएपछि यतिखेर रुखमा लटरम्म स्याउका दान देखिन थालेका छन । 

स्याउ फलेर लटरम्म देखिएपछि अधिकांस स्याउँ फलेका हाँगा समेत भाँचिने गरेका छन । जिल्लाको तल्लो क्षत्रेका केही ठाउँमा स्याउ पाकेर पनि सकि सकेका छन भने अग्ला क्षेत्रमा पाक्न नपाएकै हाँगा भाचिदा कृषकले घाटा व्यहोर्नु पर्ने बाध्यता रहेको कृषकहरुले बताउने गरेका छन ।

स्थानिय स्याउ कृषका अनुसार हुम्ला राष्ट्रिय सडक सञ्चालमा जोडिएको भए स्याउले बजार पाउनुका साथै कृषकहरुको पनि आम्दानीको स्रोत नै स्याउ बन्ने थियो । तर पछिल्लो समय स्याउ खेती गर्ने र उत्पादन गर्नेको संख्यामा उल्लेखनिए रुपमा वृद्धि भए पनि उपभोग गर्नेको सख्यामा न्युन देखिएको छ ।

जिल्लामा स्वाउ खेति राम्रो भएका कारण पछिल्लो समय सबै ठाउका कृषक ब्यात्तिगत देखी सामुहिक फर्म समेत निर्माणमा जुटेका छन । पहिलेदेखि भोगचलन गर्दै आएका अग्ला स्थानमा रहेका जग्गा केहि समय अगाडी देखि बाझै राखिएको भएपनि यस पटक सोही जग्गाहरुलाई स्वाउ फर्मको रुपमा प्रयोग गर्न थालेका छन । 

त्यसै गरि पछिल्लो समय स्याउ हुम्लााको मात्र नभई कर्णाली प्रदेशकै परिचय बनिरहेको छ  । मुगु, डोल्पा, हुम्ला र कालीकोटमा पनि स्याउको व्यावसायिक खेती बढ्दै गएको छ । कर्णालीमा स्याउ अर्थतन्त्रको सम्भावना देखेरै सरकारी तथा गैरसरकारी संस्थाहरूले यो खेतीलाई प्रोत्साहन गरिरहेका छन । आपूर्ति प्रणाली सहज र व्यवस्थित नहुँदा किसानको लगानी जोखिममा रहेको पाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

आव २०८१/०८२ को ६ महिनामा हुम्ला जिल्लाका २१ संघीय र ७ गाउँपालिकामा चालु तथा पूँजीगत दुबै शिर्षकको बजेट १ अर्ब ३३ करोड ८३ लाख ८६ हजार ७७८ रुपैँया...