नेभिगेशन
राजनीति
नेकपा एमाले हुम्ला

नेकपा एमाले हुम्लाद्वारा प्रदेश प्रतिनिधि छनोट

सिमकोट । नेकपा एमाले हुम्ला जिल्ला कमिटीको बैठकले नाम्खा र सिमकोट गाउँपालिकाका प्रदेश प्रतिनिधि छनोट गरेको छ । पार्टीको जिल्ला कमिटीको शनिबार अपरान्ह ११ बजे बसेको बैठकले अषेज १० र ११ गते गते सम्पन्न हुने प्रदेश अबिधेशनका लागि सोही गाउँपालिका भित्रका प्रतिनिधि छनोट गरेको हो ।


जिल्ला भित्रका उच्च तहका नेता हुम्ला आएपछि सुरु भएको बैठक जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाबाट प्रदेश प्रतिनिधि छनोट गरेको छ । शनिबार आफ्न नयाँ पार्टी कार्यलयमा बसेको सोही बैठकले उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाबाट छपाल लामा,उत्तम लामा, मंगल लामा, नोरजङ लामालाई छनोट गरेको हो ।


यसैगरी सिमकोट गाउँपालिकाबाट डबल रावत, तिर्थराज बाहोरा, जय बहादुर शाही, कमल बोहोरा, बिनोद बोहोरा, जसु परियार, छप्साग लामा, र जौका रोकायालाई छनोट गरेको हो । पार्टीले दुई गाउँपालिका भित्रका प्रदेश प्रतिनिधिलाई एकै चोटी छनोट गरेकोे छ ।

आ आफ्ना गाउँ कमिटिको छुट्टा छुटै बैठक बसेको भएपनि एकै पटक छनोट गरेको जिल्ला पार्टी सचिव तिर्थराज बोहोराले जानकारी दिनु भएको छ ।


सोही प्रतियनिधि छनोटका लागि सिमकोट गाउँपालिकाको अध्यक्षता छिरिङ अन्दु लामा, नाम्खा गाउापालिको अध्यक्षता तोपछिरिङ लामाले ग्रहण गर्नु भएको थियो ।

बैठकमा केन्द्रिय सदस्य दल रावल, छक्क बहादुर लामा जिल्ला कमिटि सदस्य लगायत दुबै गाउँपालिकाका नेता तथा कार्यक्रताहरुको उपस्थित रहेको थियो । अन्य गाउपालिकामा भने छनोटकालागि बन्द सत्र सुरु भएको गाउँ कमिटी अध्यक्षहरुले बताएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएपछि महासंघको नेतृत्वमा महिला निर्वाचित भएकी छन् ।