अदानचुली । हुम्लाको अदानचुली गाउँपालिकामा नबौं संबिधान दिवसको उद्धघाटन गरिएको छ । अषेज ३ गने संबिधान दिवस भएपनि मंगलबारबाट बिभिन्न कार्यक्रमको सुरुवात गर्नका लागि उद्धघाटन गरिएको हो । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले नँबौ संबिधान दिवसको उद्धघाटन गर्नु भएको छ ।
मंगलबार एक कार्यक्रमका बिच गाउँपालिकाको मुटुका रुपमा रहेको सुर्यादय माध्यामिक बिद्यालयमा उद्धघाटन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन फडेराले जानकारी दिनु भएको छ । उहाँका अनुसार २०७२ सालकमा संबिधान जारी भएसंगै प्रत्यक बर्षको हषेज ३ गते मनाइने दिवसमा बिभिन्न कार्यक्रम गरिने भएकाले मंगलबार उद्धघाटन सुरु भएको हो ।
दिवसको उद्धघाटन समोरोह गाउँपालिका प्ररमपारगत शैलीमा बजाइने बाजा गाजाका साथदिवसको उद्धघाटन गरिएको छ । दिवसको कार्यक्रममा आज गाउँपालिकाका कर्मचारीले राष्ट्रिय गितहरुका नृतय समेृत गरेका छन । बिद्यालयमा मनाइएको उत्त दिवसमा गाउँपलिकाका १ देखि ६ नम्बर वडाका अध्यक्ष, कार्यपालिका सदस्य, राजनितिक दल, कर्मचारी शिक्ष बिद्यार्थी संगै स्थानियको उपस्थितमा कार्यक्रमको सुरुवात गरिएको छ । आजको कार्यक्रममा देउडा प्रतियोगिता नृत्य प्रतियोगिता लगायतका अन्य बिभिन्न प्रतियोगित समेत गरिएको छ ।
बिद्यालयको प्रङगटमा अहिले पनि स्थानिय महिला, महिला, पुरुष, पुरुष बिचपनि देउडा खेल प्रतियोगिता संञ्चालन भएको ३ नम्बर वडा अध्यक्ष डिल बहादुर फडेराले जानकारी दिनुभएको छ । उहाका अनुसार संबिधानमा समेटिएका कुरा पाए नपाएको सम्बन्धि देउडा खेल खेलिएको पाइएको छ ।
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।
बुधबार मनाइने संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा प्रत्यक बर्ष मनाइने गरिएको छ । नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन । त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइने गरिएको छ । पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइने गरिएको छ । यसैबर्ष संबिधान सभाका अध्यक्ष सुवासचनद्र नेम्वाङको निधनका कारण दिवङ्गत आत्माको सम्झनामा देशैभर बिभिन्न कार्यक्रम समेत राखिएको छ । गाउँपालिकामा दिवसको अबसरपारी अन्तर माबि स्तरीय बत्तृत्वकला प्रतियोगिता र अन्तर आधरभुत बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता संञ्चालन गरिने भएको छ ।
(फोटो फिचर)
संबिधानका नारा सहित देउडा खेल्दै स्थानिय महिला
राष्ट्रिय गितमा नाच्दै गाउँपलिका कर्मचारी
संबिधानका नारा सहित देउडा खेल्दै स्थानिय महिला