नेभिगेशन
सिमकोट
स्वास्थ्य सेवा कार्यालय हुम्ला

स्वास्थ्य सेवा कार्यालयको बार्षिक समिक्षा गोष्ठी सुरु

सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आर्थिक वर्ष २०७९।०८० को वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । शनिबार र आइतबार गरि २ दिनसम्म संञ्चालन हुने बार्षिक समिक्षा गोष्ठी सुरु भएको हो । सदरमुकाम स्थित मनसारोवर होटेलमा संञ्चालन भएको समिक्षा गोष्ठीमा जिल्लाका ७ वटै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले आ–आफ्नो प्रस्तुतीकरण गरेको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिहंले जानकारी दिनु भएको छ ।  

यस्तै जिल्लामा स्वास्थ्य सम्बन्धि काम गर्ने, नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम, स्वास्थयका लागि सक्षम प्रणाली, गुड नेभर्स इनटरनेसनल, हेड नेपाल, एस आई डिसी, सर्पोस नेपाल आधार बिका, स्वान नेपाल, किडाक नेपाल लगायतका संस्थाहरुले आर्थिक वर्ष २०७९।८० मा आफुहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका विषयमा प्रस्तुतिकरण गरेको प्रमुख सिंहले कार्यक्रममा बताउनु भएको छ ।

सबै पालिकाहरुले प्रस्तुतीकरण गरेको संस्थागत रिपोर्ट राम्रो भएको र अझै थप प्रभावकारी काम गरेर अगाडी बढ्नु पर्ने देखिएको छ । समिक्षा गोष्ठी कार्यक्रममा जिल्लाभर रहेका स्वास्थ्य संस्थाहरु स्वास्थ्य मापदण्ड अनुसारको भौतिक संरचना अनुसार निर्माण नभएको पाइएको छ । समिक्षा गोष्ठी उद्धघाटन कार्यक्रममा चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही,नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा,प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल,प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराई स्वास्थ्यकर्मी लगायत संञ्चाकर्मीहरुको उपस्थित रहेको थिायो । 

स्वास्थ्य सेवा कार्यालय हुम्लाले समिक्षा गोष्ठी उद्धघाटनको कार्यक्रममा आर्थिक वर्ष २०७९।०८० मा गरेका संम्पादित स्वास्थ्य कार्यक्रमहरुको सातवटा स्थानीय तहबाट आ आफ्नो प्रतिबेदन समेत स्वास्थ्य प्रमुख बाट राख्न लगाएको छ । प्रतिबेदन प्रश्तुत गर्दै गर्दा यसै बर्षमा जिल्लाभर गाउँघर क्लिनिकको संख्यामा गिरावट आएको देखाएको छ । जिल्लाकै सनदर्भमा ८४ दशमलप ७ प्रतिशत बालबालिकाले राष्ट्रिय नियमित खोप पाएको देखिएको छ भने तिन बर्ष यता चंखेली गाउँपालिका र अदानचुली गाउँपालिका सुरक्षित मातृत्वको संख्यामा घटेको देखिएको छ । 

उत्त प्रतिबेदन अनुसार जिल्लामा हाल सम्म सिमकोट र सर्केगाड गाउँपालिकामा गरी २ जनालई मात्र कुष्ट रोग देखा परेको छ । यस्तै जिल्लामा भएका स्वास्थय संस्थाले आ आफ्नो क्षेत्रबाट बिरामी नागरीकलाई सहयोग पुराए सबैलाई सहयोग हुने पाइएको छ । नाम्खा गाउँपालिका सन्दर्भमा स्वास्थ्य शाखा प्रमुख गयछो लामाले बताए अनुसार यस अघि पालिकाका सबै क्षेत्रमान इन्टरनेट नहुँदा पुरा बिवरण आउन समस्या भएको छ । 

गत आर्थिक बर्षमा स्वास्थ्य सेवा कार्यलयकोृ प्रदेश सरकारबाट आएको १७ करोड ९७ लाख ८६ हजार मध्यबाट १२ करोड २४ लाख ५१ हजार ८ सय ७ रुपैया खर्च गरेको छ । यस्तै संघिय सरकारको सर्शत अनुदानबाट प्राप्त ३ करोड २२ लाख ६१ हजार मध्यबाट २ करोड ८८ लाख २ हजार ५ सय ८५ रुपैया खर्च गरेको जनाइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्