नेभिगेशन
अदानचुली
कर्णाली प्रदेश मुख्यमन्त्री

मुख्यमन्त्री सहितको टोली क्षतीको बिवरण हेर्न हुम्ला पुगेर फर्कियो

हुम्ला। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको टोली क्षतीको बिवरण हेर्न हुम्ला पुगेर फर्किएको छ । अविरल वर्षासँगैको बाढिले एक जना व्यपत्ता भएर करोडौंको क्षती गरेको हवाई अनुगमन गर्न जिल्लाको अदानचुली, सर्केगाड गाउँपालिकाको क्षेत्रमा मुख्यमन्त्री शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्री कुष्ण जिसी, भौतिक पूर्वाधार मन्त्री मंगल शाही लगायत कर्णाली प्रदेश सरकारको टोली बाढी प्रभावित क्षेत्रअनुगमन गर्न पुगेको हो ।

अदानचुली गाउँपालिकाको गल्फागाड, काठसेरा खोलामा आएको वर्षासँगैको बाढिले अदानचुली गाउँपालिका वडा नम्वर ३ का रवि भयिाल अहिलेसम्म व्यपत्ता भएका छन् । बाढिले पारेको क्षती, प्रदेश सरकारले गर्न सक्ने राहत र पुनःस्थापनाका कामका लागि मुख्यमन्त्री शर्मा सहितको टोली बाढि प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएको आन्तरिक मामिला तथा कानून मन्त्री कुष्ण जिसीले जानकारी दिनु भएको छ ।

मुख्यमन्त्री शर्मा नेतृत्वको टोलीले हेलिकोप्टर मार्फत बाढि प्रभावित क्षेत्र अदानचुली र सर्केगाडको हवाई अनुगमन गरी क्षतीको एकिन बिवरण लगेर गएको जानकारी प्राप्त भएको छ । प्रदेश राजधानी सुर्खेतबाट आएको हेलिकप्टरले अदानचुली गाउँपालिका वडा नम्बर २ को वडा कार्यलयको खेल मैदानमा बसी अदानचुलीका बाढि पिडिंत नागरिकसँग सामान्य छलफल समेत गरेको गल्फागाड प्रहरी चौकी श्रीनगरले जानकारी दिएको छ । गल्फागाड प्रहरी चौकीका अनुसार अदानचुली गाउँपालिकाको गल्फागाड खोला क्षेत्रमा क्षतीको हवाई अनुगमन गरिएको हो ।

गाउँपालिकाको सोही क्षेत्रको हवाई अनुगमन पश्चात सर्केगाड गाउँपालिकाको क्षती भएको सबै क्षेत्रमा पनि अनुगमन गरिएको जानकारी प्राप्त भएको छ । यहि असोज ४ गते बिहान परेको वर्षासँगैको बाढिले अदानचुलीको वडा नम्बर २ देखि ६ सम्मका झण्डैं दश करोड बराबरको क्षती भएको दावी स्थानियले गरेका छन । अघिल्लो महिना गएको बाढिले एकजना व्यपत्ता भएको सर्केगाडमा पनि यो पटकको बाढिले ठूलो क्षती गरेको थियो । 

बाढि प्रभावित क्षेत्रका नागरिकलाई राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न प्रदेशसभा सदस्य कलबहादुर हमाल लगायतका नेताहरुले प्रदेश सरकारलाई आग्रह गरेपछि मुख्यमन्त्रीको टोली बाढि प्रभावित क्षेत्रमा पुगेको बताइएको छ ।

मुख्यमन्त्री सहित मन्त्रीको टोली हुम्लामा आए संगै नागरीकले बिभिन्न सिफरीस गर्दै राहतको माग गरेका छन् । यस अघिपनि बिभिन्न समयमा प्रकोप हुदा नागरीकले दिएका सिफरीस हेलिकप्टरमै सिमित हुजे गरेको प्रदेश मन्त्रालयमा नपुगेको नागरीकले गुनासो गरेका छन । अहिलेपनि बाढी पिडित नागरीकले दिएका सिफारीसका चाँग यो बेला मन्त्रालयमा पुगि सिफारीसको माग पुरा हुने नहुने आशंका गरेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...