हुम्ला । समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम संञ्चालन गरिएको छ । सदरमुकाम सिमकोट स्थित मानसरोवर नमुना माध्यामिक बिद्यालयमा समुदायमा सरकारी वकील एवम कानुनी सचेतना कार्यक्रम अन्त्रगत बिद्यार्थीहरुलाइ सचेतना दिइएको हो ।
बिद्यालयका कक्षा ११ मा अध्यनरत बिद्यार्थी तथा गाउँका आमा समुह लगायतका अन्य समुहलाई कानुनी सचेता दिइएको छ । बिहिबार डा.टेक बहादुर घिमिरे र सरकारी वकील शिलुका लिंथेपले बिद्याथी तथा समुहहरुलाई मुद्या भनेको केहो, कुजे पनि किसिमका मुद्या कसरी दर्ता गर्ने, मुद्या कति प्रकारका हुन्छन यसलाई कसरी बुज्ने भनने पिबषयमा सचेतना गरिएको हो ।
बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई मुद्याका किसिम संगै कसलाई हिंसा मान्ने कसरी अगाडी बढ्ने लगाएतका बिषयमा सहजीकरण गरिएको छ । न्यायधिबत्ता डा.घिमिरेले बिद्यार्थीहरुलाई सहजिकरण गर्नु भएको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय सोही उमेर समुहका युवा युवतीबाट बिभिनन खालका घटना पैदा हुन सक्ने भन्दै बिद्यार्थीहरुलाई सचेतना गरिएको छ ।
अभियोजनमा सुधार र ब्यावसायिक बिकास भन्ने नारा सहित महान्याधिबत्ताको कार्यालयको आयोजनामा बिद्यालयका बिद्यार्थी, जिल्ला सरकारी वकील कार्यालयका सरकारी वकील लगायत सञ्चारकर्मीहरुको उपस्थितमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।