नेभिगेशन
अदानचुली
जिल्ला प्रहरी कार्यालय हुम्ला

सामाजिक सञ्जालमा डुम भनेका आरोपित विरुद्ध प्रहरीमा उजुरी

हुम्ला । सामाजिक सञ्जाललमा डुम भनेको आरोपमा प्रहरीमा उजुरी परेको छ । असोज ११ गते अदानचुली गाउँपालिका वडा नम्वर ४ स्थित लौठी गाउँका अन्दाजी ४० वर्षीय नरप्रसाद सन्ज्यालको फेसबुकबाट सामाजिक सञ्जालमा डुम भनेर पोष्ट भएको भन्दै सोही गाउँपालिका वडा नम्वर २ का कुल बहादुर कटुवाल, वडा नम्वर ३ का कमल नेपाली र लक्ष्मी भियालले गल्फागाड प्रहरी चौकी श्रीनगरमा उजुरी गरेका छन् ।

आरोपित सन्ज्यालले आफ्नो फेसबुकमा डुमले डुमको कोटा लिने डुम भन्न नमिल्ने ? भन्दै आक्रोस पोखेपछि मानव अधिकार हनन भएको भन्दै असोज १२ गते गल्फागाड प्रहरीचौकीमा उजुरी गरेको स्थानीय कुल बहादुर कटुवालले बताउनु भएको छ ।

आफ्नो जातलाई अपहेलीत र अपसब्द बोलेको प्रति गहिरो खेत प्रकट गर्दै दोसीलाई कार्वाही हुनु पर्ने माग राख्दै प्रहरीमा उजुरी गरेको गल्फागाड प्रहरीचौकीको स्रोतले जनाएको छ । उनिहरुको उजुरीका आधारमा घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...