नेभिगेशन
सिमकोट

कापिमा नोट लेखी १६ बर्षिय बालिका बेपत्ता

received_2832261611750011696167987.jpegसिमकोट । कापिमा नोट लेखी हुम्लाकी बालिका बेपत्ता भएकी छन । खार्पुनाथ गाउँपालिका-२ थाली घर भई नाम्खा गाउँपालिका-४ स्थित माहाबौद्ध माध्यामिक विद्यालय याल्बाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजाता रावललाई हिमालयन चिल्ड्रेन स्वोसाइटी छात्राबासले निश्कासन गरेपछि बालिका वेपत्ता भएको आफन्त चिन बोहराले बताउनु भएको छ ।

सो छात्राबासका शिक्षक शिक्षिकाले बालिकालाई विभिन्न खाले टचर दिनुका साथै प्रहरीसंग भेटघाट गर्ने गरेको आरोपमा छात्राबासबाट असोज ७ गतेको निणर्यले बालिकालाई असोज ११ गते सो छात्राबासबाट निश्कासन गरेपछि बालिका सोही दिन सदरमुकाम सिमकोटमा रहेको आफ्ना दिदि भिनाजुको बस्ने कोठामा पुगेको भिनाजु बोहराले बताउनुभयो ।

सालीले असोज १३ गते आफु छात्राबासले दिएको विभिन्न टचरका कारण अवदेखि यो संसारमा रहदैन भन्दै कोठाबाट सुसाइड नोड डायरीमा लेखि छोडेको भिनाजु बोहराले बताउनु भएको छ । बालिकाको खोजविनका लागि असोज १३ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको प्रहरिले जनाएको छ ।

खोज तलासका लागि व्यपत्ता भएकी बालिकाको प्रयोग गर्ने मोबाईल फोन समेत जिल्ला प्रहरी कार्यालयमा पेश गरेको प्रहरीले जनाएको छ । बालिकाको खोजिविनका लागि एसएमएस, इनकमिङ र आउटिङ कल लगायतको बिबरण उपलव्ध गराउन जिल्ला प्रहरी कार्यालयले हुम्ला जिल्ला अदालतलाई असोज १४ गते अनुमति माग्नुका साथै सोही दिन अदालतले आदेश समेत दिइ सकेको जिल्ला अदालतका डिट्ठा राजबहादुर शाहीले बताउनु भएको छ ।

उनले लेखेका नोटहरु

received_13453861127278321696167761.jpeg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्