नेभिगेशन
राष्ट्रिय

राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा नदिन मतदाताको दबाब

गृहजिल्ला डोल्पा पुगेका पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई कुनै पनि हालतमा सांसद पदबाट राजीनामा नदिन मतदाताले दबाब दिएका छन्। नेकपाले राज्यमन्त्री बुढालाई राजीनामा गराएर नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने तयारी गरेसँगै त्यहाँका मतदाताले दबाब दिएका हुन्। पार्टीको यही म्यान्डेट बोकेर मतदातालाई भेट्न गृहजिल्ला पुगेका राज्यमन्त्री बुढालाई राजीनामा नदिन मतदाताले चेतावनी नै दिएका छन्।

राजीनामा दिने मनस्थितिसहित राज्यमन्त्री बुढा सोमबार डोल्पा पुगेका छन्। अघिल्लो वर्ष सम्पन्न निर्वाचनमा एमालेबाट भारी मतान्तरले उनी विजयी भएका थिए। तर केन्द्रमा पार्टीले राजीनामा दिन भनेपछि उनी मतदाताको राय बुझ्न र वामदेव गौतमप्रति जिल्लाको मनोभावना जान्न मतदाता बीच पुगेका हुन्। सोही क्रममा राज्यमन्त्री बुढाले मंगलबार जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाका मतदाता र पार्टीका नेता÷कार्यकर्तालाई भेटेका छन्। आफ्नो राजीनामाबारे जनमत बुझ्न पुगेका उनलाई स्थानीयले आफूले दिएको मतको अपमान नगर्न भनेका हुन्।

मतदाताले कम्तीमा पनि अबको ६ महिनासम्म राजीनामा नदिन सुझाव दिएका छन्। ‘हामीले भारी मतले जिताएर पठाएका छौं, तत्काल राजीनामा नदिन भनेका छौं’, त्रिपुरासुन्दरी नगरपालिका–२ निवासी नन्दबहादुर थापाले भने, ‘हाम्रो लागि उहाँ नै नेता हुनुहुन्छ, अहिले नै राजीनामा दिएर हाम्रो मतको अपमान नगरियोस्।’ उनले डोल्पाको विकास र सांसद तथा राज्यमन्त्री बुढाकै राजनीतिक भविस्यप्रति चिन्ता व्यक्त गरे। राजीनामापछि डोल्पाको विकासबारे पनि मतदाताले राज्यमन्त्री बुढासँग जिज्ञासा राखे। राजीनामाको हल्ला मात्र सुनेका डोल्पालीले राज्यमन्त्री बुढा आँगनमै पुगेपछि कसैको नाममा राजीनामा दिएर आफूहरूलाई धोका नदिन आग्रह गरेका थिए। साथै उनीहरूले राज्यमन्त्री बुढालाई राजीनामा दिएर अभिभावकविहीन नबनाउन सुझाव दिएका छन्।

राज्यमन्त्री बुढाले जिल्लामै सबैभन्दा बढी मतदाता रहेको त्रिपुरासुन्दरी र सदरमुकाम ठूलीभेरी नगरपालिकाका मतदातासँग भेट्ने कार्यक्रम बनाएका छन्। यस्तै जिल्लाका पार्टीका अगुवा कार्यकर्तासँग पनि परामर्श गर्न लागेका छन्। मतदाता मात्र नभई पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि बुढालाई तत्काल राजीनामा नदिन सुझाव दिएका छन्।

तत्कालीन एमालेका जिल्ला उपाध्यक्ष तुलाचन्द्र बुढाले भने, ‘हामी सबैले एकै स्वरमा भनेका छौं, अबको ६ महिनासम्म कुनै पनि हालतमा राजीनामा दिनुहुन्न। त्योभन्दा पहिला जिल्लामा जनताका काम गर्नुपर्छ, यही अवस्थामा राजीनामा दिए मतदातामाथि ठूलो घात हुन्छ।’ नेकपाका जिल्ला सदस्य काली चलाउनेले पनि आफूहरूले राजीनामा नदिन सुझाएको बताइन्।

मतदाता र कार्यकर्ताले राजीनामा नदिन दबाब दिए पनि त्रिपुरासुन्दरी नगरपालिकामा भएको कार्यक्रममा राज्यमन्त्री बुढाले वामदेव र धनबहादुरलाई जिताउनुमा कुनै फरक नभएको बताए। ‘मैले राजीनामा दिए पनि कुनै असर पुग्दैन, कमरेड वामदेवलाई अब यहाँहरूले भोट दिनुपर्ने हुन सक्छ। डोल्पाको लागि विकासको ९० प्रतिशत काम वामदेव गौतमबाटै हुन्छ, उहाँ पनि देशको उच्च नेता हो।’ राज्यमन्त्री बुढाले मतदाताको आकांक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार आफूले निर्णय लिने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।