नेभिगेशन
सिमकोट

माध्यामिक बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हुम्ला । सिमकोटमा माध्यामिक बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका ८ वटा माध्यामिक बिद्यालयहरुको बिविध भेष भुषासहितको मार्चपासपछि जिल्ला समन्वय समिति उप प्रमुख दलु फडेराले सो कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

सोमबार सिमकोट बजारबाटै मार्चपास गरीएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारबाट सुरु भएको हो । गाउँपालिका भित्रका माध्यामिक बिद्यालयका छात्र छात्राहरुले बिभिन्न बिदामा सहभागी जनाउने भएका छन । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, जिवनका लागि खेलकुद भन्ने मुल नाराका साथ सिमकोट स्थित खेल मैदानमा सुरु गरिएको हो ।

प्रतियोगिताको उद्धघाटन समारोह कर्णाली माबिका बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष जिवन शाहीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति उप प्रमुख दलु फडेराको प्रमुख आतिथ्यमा, सिमकोट गाउँपालिका अध्यक्ष, बिजय भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, ३ वटै सुरक्षा निकायका प्रमुख, अबिभावकका साथै बिद्यार्थीहरुको सहभागीतामा गरिएको हो ।

पाँचौ पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्र रहेका सबै माबिहरुले सहभागीता जनाएको पाइएको छ । पाँचौ प्रतियोगिता गाउँपालिकाको वडा नम्बर ७ चौगानफया स्थित कर्णाली माबिको आयोजना तथा सिमकोट गाउँपालिकाको प्रआयोजनमा संञ्चालन गरिएको बिद्यालयका प्रअ रामराज शाहीले जानकारी दिनु भएको छ । उहाका अनुसार सोमबार बिद्यार्थीद्धारा बिभिन्न नृत्यका कार्यक्रम गर्दै उद्धघाटन मात्र भएको र भोली देखी निरन्तर खेल संञ्चालन हुने भएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्