सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ। हुम्लामा नयाँ प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखेल आएपछ आइतबार पत्रकार भेटघाट कार्यक्रम गरिएको हो। बिहान ११ वजे जिल्ला प्रशासन कार्यालय मा भएको भेछ्घाट कार्यक्रममा जिल्लामा भएका विभन्न गतिविधि, समस्या र समसामयिक विषय बारे पत्रकारसँग छलफल गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीको रुपमा हुम्ला आए लगत्तै जिल्लामा भएका सुचानाको समस्या, विकाश, सामाजिक, आर्थिक, राजनितिक, धार्मिक, भौगिलिक प्रशासनिक र शैक्षिक रुपमां भएका समस्याबारे बुज्न चाहानु भएको बताउनु भएको छ। आर्गिमि दिनमा आफुलाई जिल्लामा भएका पत्रकारवाट सार्वजनिक र व्याक्तिगत रुपमा भएका सुचना प्राप्त गर्ने बाटो खुलेको बताउनु भएको छ ।
भेटघाट कार्यक्रममा पत्रकारले दिएका सुझावलाई मनन गर्दै दैनिक उपभोग्य वस्तुको मुल्य समायोजन, यातायात भाडा दर समायोजन, ट्राफिक सक्रियता, काठको अवैध कारोवार नियन्त्रण, डॉर्फ कस्तुरी, वन्यजन्तु, जडिबुटिको तस्करी नियन्त्रणसरी जिल्लामा
भएकाका विभिन्न समस्याहरुको समाधानको लागि अगाडी वढ्ने बताउनु भएको छ। माथे बजार अनुगम, विकास आयोजनाको अनुगमन, प्रहरी युनिट अनुगमन, सरकारी कार्यालयको अनुगमन, जिल्लाका विभिन्न ठाउँमा रहेका नदिनालाबाट अवैध तरिकाले बेचबिखन हुने दुगा, गिट्टी वालुवा अनुगमन गरिने प्रजिअ पोखेलले बताउनु भयो । जिल्लामा निर्माणको क्रममा रहेका विभिन्न योजना तथा आयोजनाको बारेमा ठेकेदारहरुसँग छलफल गर्ने कर्णार्ला करिडोरेको छारे खण्डको वाँकी रहेको, सडक छिटे निर्माण गर्न पहल गर्दै अगाडी बढाइने बताउनु भएको छ। कार्याक्रममा कार्यालयबाट गरिने विभिन्त सेवा प्रवाहको बारेका समेत उहाँले जानकारी दिनुभएको हो ।
सोही कार्यक्रममा पत्रकारहरुले जिल्लामा भएका सडक सञ्चालन, बाढी पहिरो, हवाई टिकट, बजार अनुगमन खाद्यन, हल व्यावस्थापन लगायतका समस्याहरुको समाधान गर्न सुझाव राखेको थिए सोही मुभावलाई लिएर तत्काल समाधानमा लाग्ने प्रजिअ पोखेलले बताउनु भएको थियो । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावत, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी लगायतको उपस्थित रहेको चियो ।