नेभिगेशन
सर्केघार्ड
सर्केगाड गाउँपालिका

राष्ट्रिय कलाकारको उपस्थितमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको सांङ्गितिक माहोत्सब

हुम्ला । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा राष्ट्रिय कलाकारको उपस्थितमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको सांगितिक माहोत्सब सम्पन्न भएको छ । मंगलबार १५ दिने महिला हिंसा बिरुद्धको अभियानलाई अबसर पारी मर्यादित महिनावारी तथा बिभेद जेखिम न्युनिकरण ब्याबस्थापन सम्बन्धी सांगितिक कार्यक्रम गरिएको हो ।

यस बर्षको १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान संञ्चाmन भएको अबसरमा राष्ट्रिय कलाकार रेखा जोशी, इब्सु संञ्याल, सुनिता बुढा क्षेत्री र तुलसी बिकको उपस्थितमा गाउँपालिका केन्द्र सर्केगाडमा एक दिने महोत्सब सम्पन्न भएको हाम्रा स्थानिय संवादाता भक्तराज ऐडीले जानकारी दिनुभएको छ । उहाका अनुसार “महिनावारी हुदा पर होइन घर भन्ने” मुल नाराका साथ संञ्चालन गरिएको सुस्वा परियोजनाका फिल्ड संयोजक निल बिक्रम शाहीले जानकारी  दिनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार द्धय रेखा जोशी, इब्सु संञ्याल, सुनिता बुढा क्षेत्री र तुलसी बिकले देउडा, दोहोरी र अन्य मौलिक स्थानिय भाकामा रहेका गित संगितबाट महिनावारी छाउपडी पर्था अन्त्य गर्नु पर्छ भन्ने सन्देश मुलक कार्यक्रम गरिएको थियो । जिल्लामा अहिलेको समयमा पनि महिनावारीको समयमा देवता रिसाउने भन्दै महिलाहरुले घर बाहिर बस्ने गरेको भन्दै देउडा गित मार्फत सोही प्रम्पराको अन्त्य गर्नु पर्ने बताउनु भएको हो ।

पछिल्लो समयमा देउडामा प्राय जसो देखिरहेका र कर्णालीको मर्म बुझेका कलाकारहरुको पहिलो उपस्थितमा सोही कार्यक्रम गरिएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायाले बताउनु भएको छ । गाउँपालिका केही वडामा अहिलेपनि महिलाहरु घरबाहिर बसेको र बिभिन्न महिला माथि हिंसा भइरहेको अबगत गराउदै तेसको जरैबाट अन्त्य गर्न तर्फ लाग्न नागरीकलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा सर्केगाड गाउँपालिाका अध्यक्ष ठान बहादुर रोकाया, पुर्ब संबिधान सभा सदस्य रिता शाही, अदानचुली गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंह, ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जेैसी, सर्केगाड गाउँपालिकाका ८ वटै वडाका नागरीक, अन्य पालिकाका नागरीकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम गाउँपालिकामा संञ्चालीत बिभिन्न संघ संस्था सुस्वा परियोजना, किर्डाक नेपाल, महिला कल्याण सेवा र सर्केगाड गाउँपालिकाको संयुक्त आयोजनामा संञ्चालन गरिएको जानकारी प्राप्त भएको छ ।  

सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप –ऋध्न्ी) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भइसकेको छ ।

महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियानअन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरेर मनाइने गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
खच्चा सडक खुलाउँदै प्रहरी

खच्चा सडक खुलाउँदै प्रहरी