नेभिगेशन
अदानचुली
नेपाली काग्रेस

नेपाली कांग्रेसद्धारा अदानचुलिका बाढी पिडितलाई राहत बितरण

हुम्ला । नेपाली काग्रेस हुम्ला अदानचुली गाउकार्य समितीले अदानचुली गाउँपालिकाका बाढी पिडितलाई राहतको चामल वितरण गरिएको छ । गत असोज ४ गते आएको बाढी पहिरोले क्षेती पुगाएका गाउँपालिका भित्रका घरदुरीहरुलाई काग्रेसले राहत स्वरुप चामल वितरण गरेको हो ।

आपत विपतमा मलव लगाउन नेपाली काग्रेस केन्द्रीय कार्यसमितीले १० लाख बराबरको राहत पठाएसगै गाउकार्य समितीको बैठकले गरेको निर्णय अनुसार बिहिबार बितरण गरिको महासमिती सदस्य राम बहादुर टमटाले जानकारी दिनु भएको छ ।

उहाका अनुसार पाटीको तर्फ बाट प्रत्यक वडामा जिम्बेवारी तोके अनुसार पालिकामा रहेका सबै राजनितीक दलका प्रमुख एव प्रतीनिधी, जनप्रतीनीधी, शाखा प्रमुख, सञ्चारकर्मी, सुरक्षा निकाय र सम्बन्धीत वडाका जनप्रतीनिधीहरुको उपस्थितमा बितरण कार्य सुरु गरिएको छ ।

निर्णय अनुसार बिहिबार अदानचुली गाउँपालिका वडा नम्बर १ कल्खे र वडा नम्बर २ र ३ गल्वाका बाढी पिडित नागरीकलाई एक एक बोरा चामल वितरण गरिएको छ । यस्तै शुक्रबार १५ गते वडा नम्बर ४ मा वितरण गर्ने भएको छ । यसैगरी १७ गते वडा नम्बर ५ र ६ लाई वितरण गर्ने भएको छ ।

बाढीले गाउँपालिकाको वडा नम्र १ देखी ६ सम्मको पाल्स कालागाड देखि गल्फागाड र काठीमेरामा निकै क्षेती गरेको थियो । उक्त क्षेतीको मुचुल्का भएको प्रहरी चोकीको र गाउँपालिकाको विवरण लाई आधार मानेर बितरण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...