नेभिगेशन
चंखेली
जिल्ला खेलकुद बिकास समिती हुम्ला

१२ औ राष्ट्रपति रनिङ शिल्डको उपाधि सर्केगाड गाउँपालिकालाई

हुम्ला । १२ औ राष्ट्रपति रनिङ शिल्डको उपाधि सर्केगाड गाउँपालिकाको हातमा परेको छ । गत २६ गतेबाट जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ३ को महादेब माबिमा संञ्चालन भएको अन्तर पालिका स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा धेरै पदक ल्याउदै सर्केगाड गाउँपालिका प्रथम भएको हो ।


जिल्लामा भएका सातै गाउँपालिका भित्रका बिद्यार्थी खेलाडीलाई सहभागी गराई संञ्चालन गरिएको १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा नाम्खा गाउँपालिका बाहके अन्य सबै गाउँपालिकाले सहभागी जनाएका थिए । सोही प्रतियोगितमा जिल्लाका ६ गाउँपालिकालाई उछिन्दै ९ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित सर्केगाड गाउँपालिका प्रथम भएको छ ।


यस्तै ७ स्वर्ण, ८ रजत, ८ कास्य पदक सहित सिमकोट गाउापालिका दृतिय भएको जिल्ला खेलकुद बिकास समिति अध्यक्ष बिनोद बोहोराले बताउनु भएको छ । उहकाका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ५ रजत, ५ कास्य पदक सहित ताँजाकोट गाउँपालिका तृतिया भएको छ । जिल्लाका गाउापालिका स्तरिय बिद्यार्थी खेलाडी सोही प्रतियोगिताबाट प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिने भएको छ ।


शनिबार सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पद ल्याउने खेलाडीलाई पुरस्कार सहित बितरण गरिएको जानकारी प्राप्त भएको छ । समापन सँगै पुरस्कार बितरण कार्यक्रमबाट अगामी बर्ष हुने १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजनाकालागि खापुर्नाथ गाउँपालिकालाई झण्डा हस्तान्त्रण गरिएको छ । उक्र प्रतियोगितापनि जिल्ला खेलकुद बिकास समितिको सहयोग र खार्पुनाथ गाउँपालिकाको समन्वयमा संञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

खोलामा परेर करीव १० मिटर तलसम्म बगाएर लगेका वृद्ध शाहीलाई प्रहरीको सहयोगमा उद्धार गरि ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।