हुम्ला । केहि वर्ष अगाडीमात्र राष्ट्रिय सडक सञ्जालसंग जोडिएको जिल्लाको सरिसल्लामा सवारी चालकले ज्यान दाउमा राखेर सवारी साधन पुऱ्याउनु पर्ने वाध्यता रहेको छ । कर्णाली करिडोर अन्त्रगतको सर्केगाड गाउँपालिका वडा नम्बर १ को सरिसल्लामा सवारी साधन पुगाउन जोखिम मोल्नु परेको हो ।
गाउँपालिकाको वडा नम्बर १ मा पर्ने खच्चा खण्डको लगभग एक सय मिटर सडक दिनहुँ भासिन थालेपछि सवारी साधनलाई जोखिम मोल्नु परेको करीडोरमा गाडी चलायदे आउनु भएका सुर्खेत गुरास नगरपालिका वडा नम्बर ४ का लोकेन्द्र शाहीले जानकारी दिनु भएको छ । आफूले एक सातामा २ पटक सुर्खेतदेखी सरिसल्लासम्म रिजर्भ गाडी ल्याउने गरेको हुनाले उक्त खण्ड मर्मत सम्भार नहदा जहिले मुस्किल पर्ने गरेको छ ।
करिडोरमा गाडी नचलाउदा गाडीको किस्ता समेत नआउने कारणले एकातिर गाडी हाल्ने पर्ने र अर्कोतिर सडकमा समस्या हुदा खर्च धेरै हुने गरेको बताउनु भएको छ । गाडीलाई उक्त खण्डमा चलाउदा सडक भासिदै गएपछि अहिले पनि ३० देखि ४० डिग्रि सम्म गाडी लच्काएर यात्रा गर्नु परेको छ । गाडि लच्किएको समयमा सवारलाई बाहिर झार्ने गरेको भएपनि सडकमा अहिले सास्ति खेपि रहनु परेको बताउनु भएको छ ।
I
नेपाल सरकारले सिण्डिकेट फकावा गरेको भएपनि रिजर्भ गाडीलाई बिचमा भएका काउन्टरले पैसा उठाउने गरेको र अर्कोतिर जोखिमको सडक हुँदा झन सकस भएको छ । करिडोरका अन्य ठाउँमा सहजै यात्रा गर्ने गरेको भएपनि खच्चा खण्डको भासिनो माटो कर्णालीदेखि भासिदै गएपछि गाडिलाई मुस्किल भएको बताउनु भएको छ । आफूले बोलेरो जिप चलाउने गरेकोले केहि सहज हुने भए पनि अरुले माल वाहक ट्रक ल्याउँदा उनिहरुका लागि बाटो आफैले मर्मत समेत गर्नु परेको बताउनु भएको छ ।
यतिवेला उक्त खण्डमा वर्षा नभएपनि फुयो मसिनो माटोका कारण जमिन भासिदा ४ ठाउँमा अति दुख गरेर सवारी साधन पार गर्नु परेको छ । गाडीमा ल्याइएका सवारलाई बाटो विग्रिएको भन्दै बिच बाटोमा छोड्दा आफूले गाली खाने भएकै कारण सम्वन्धित स्थलसम्म पुराउनु पर्ने वाध्यता रहेको छ । उक्त खण्डमा तत्काल मर्मतकालागि स्टेनवाई जेसिभि राख्नु पर्ने भएको सवारी चालक शाहीले बताउनु भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...मंगलबार, असोज २२, २०८१
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...बिहीबार, असोज १७, २०८१
तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...बुधबार, साउन ३०, २०८१
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।बुधबार, साउन ३०, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.