नेभिगेशन
अर्थ
जिल्ला प्रशासन कार्यालय हुम्ला

हुम्लाका चार पालिकामा सडक पुगेर दुवानी कम भएपनी सामानको मूल्य पुरानै

हुम्ला । दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकामा सडक सन्जालले यो बर्ष पुर्ण रुपमा पहँुज भएपनि दैनिक रुपमा उपभोग हुने सामानको मुल्य घटेको छैन । नयाँ बजार स्थापना भएका स्थानमा महँगी केही रुपमा घट्नु पर्ने ठाउँमा पहिलेको अबस्थामा मुल्य तिरेर सामान किनमेल गर्नु परेको हो ।

ती नयाँ बजार कर्णाली कोरिडोरसँग सामान्य रुपमा जोडिएसँगै यातायातका सवारी साधन नियमित रूपमा सञ्चालनमा आउन थालेका छन तर बजारमा सामाग्रीको मुल्य पुरानै लयमा रहेको छ ।
हाल कर्णाली करिडोरका अधिकांस क्षेत्रमा बजार संञ्चालनमा आएको देखिएपनि दैनिक उपभोग्य बस्तुको मुल्य नघटेको पाइएको छ ।

सवारी साधन घरमा आउनु भन्दा पहिले खाने तेलको १२० रुपैँया पर्ने गरेको थियो भने अहिलेपनि सोही मुल्यमा स्थानियले किनमेल गर्दै आएका छन । ढुवानी गर्ने सवारीका साधन आगनमै आएकोबेला ढुवानी मुल्य घटेको भएपनि सामानको मुल्य कुनै हिसाबले नघट्दा अचम्म लाग्न थालेको ताँजाकोट गाउँपलिका वडा नम्बर ४ का स्थानिय अर्जुन बोगटीले बताउनु भएको छ ।

उहाका अनुसार पैमा बजारमा एक लिटर धारा तेलको पहिले ३०० पर्ने गरेको थियो भने अहिलेपनि स्थानियले सोही मुल्यमा किन्नु पर्दा मर्कामा परेका छन । यता सवारी साधनमा ढुवानी गर्दा ४० प्रतिशतले ढुवानी दर घटेको भएपनि सामाग्रीको मुल्य सोही रहेको छ ।


करिडोरकै चंखेली गाउँपालिका र सर्केगाड गाउँपालिकाको मध्य क्षेत्रमा बेलिब्रिज समेत बनेको भएपनि सर्केगाड बजारमा पनि सामानको मुल्य उही रहेको पाइएको छ । कुनैपनि सामानको मूल्य दूरीअनुसार घटबढ हुनु पर्ने ठाउँमा पुरानै मुल्य रहेको सर्केगाडका स्थानिय जान बहादुर शाहीले बताउनु भएको छ ।

ताँजाकोट गाउँपालिकाको कवाडी, पैमा, अदानचुली गाउँपालिकाको गल्फागाड, तुम्च, बालुकुना, सलीसल्ला, चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ र सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाडमा दूरीअनुसार पाँचदेखि दस रुपियाँ मूल्य फरक रहनु सोभाबिक भएपनि पुरानै अबस्थाको मुल्य रहेको पाइएको छ ।

यी स्थानमा सामान बिक्री बितरणकालागि खुद्रादेखि डिलरसम्म स्थापना भएका छन । यता स्थानिय सरकारले बजार अनुगमन र ठाउँ अनुसारको मुल्य निधार्नरण नगर्दा समेत उपभोत्ता मारमा पर्दै आएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता...