नेभिगेशन
राष्ट्रिय

छ लाख मुल्य बराबरको चिनियाँ रक्सी नष्ट

भाद्र १३, सिमकोट । अवैध रुपमा चिनिबाट भित्रिएको ६ लाख मुल्य बराबरको चिनिया रक्सी प्रहरीले आज नष्ट गरेको छ ।


प्रशासनले यही भाद्र ९ गते चुँवा खोला क्षेत्रबाट र अन्य विभिन्न समयमा अन्य स्थानहरूबाट बरामद गरेको उक्त अवैध रक्सीलाई आज जिल्ला प्रहरी कार्यालयको हाताभित्र जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, सञ्चारकर्मी तथा अन्य सरोकारावालाहरूको उपस्थितिमा नष्ट गरिएको छ ।


सिमकोट गाउँपालिकाको चुँवा खोला क्षेत्र र अन्य विभिन्न क्षेत्रबाट बरामद गरिएको अवैध चिनियाँ रक्सी (झिनिगन्टी) जिल्ला प्रहरी कार्यालयले आज नष्ट गरेको हो ।


चिनबाट अवैध नाको बाटो प्रयोग गरेर नेपाली सिमानामा ल्याउदै गरेको एक हजार एक सय ७१ बेत्तल अवैध चिनियाँ मदिरा ठेहे प्रहरी चौकीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । कार्यालयका अनुशार बरातम भएको उत्त मदिरा स्थानीय मुल्य प्रति बोतल पाँच सयका दरले मात्रै पाँच लाख ८५ हजार पाँच सय मुल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निरिक्षक गिहेन्द्र बोगटीले जानकारी दिए ।
पछिल्लो समय जिल्लामा शान्ति सुरक्षालाई सबल पार्न गाउँ गाउँमा सुरक्षा निगरानी बढाएकाले अवैध कामहरूमा कमी आएको बताएका बोगटीले रेडियो कर्णाली आवाजलाई भने “जिल्लामा चिनिया मदिार आयातमा बन्द गर्ने प्रशासन र प्रहरी कार्यालयको अभियान अनुशार उक्त चिनियाँ मदिरा समातेर ल्याएका हौं ।”


जिल्लाको ठेहेको चुवाखोला टाँके नाका र सिमकोट विमानस्थल बाट मधिरा बरामद् गरिको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी नावय उपरिक्षक रविन कुमार श्रेष्ठले बताउनु भयो । जिल्लालाई मदिरा रहित जिल्ला बनाउने अभियान अन्र्तगत जिल्ला प्रहरी मातहातमा रहेका प्रहरी चौकी परिचालन गरेर उक्त रक्सी नियन्त्रर्णमा लिएको नावय निरिक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।