नेभिगेशन
अर्थ
कृषि बिकाश कार्यालय हुम्ला

८० प्रतिशत जमिन आकेश पानिको भरमा : बर्षा नहुँदा हिउँदे बाली सुक्दै

हुम्ला । सिचाई सुविधाको अभावले हुम्लाको ८० प्रतिशत जमिनमा किसान आकाशे पानीको भरमा खेति गर्दै आएका छन । माघ महिना लागि सक्दा पनि बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित बनेका छन । आकाशे पानीको भरमा बाली लगाउने किसानले समयमा पानी नपर्दा बाली लगाउन पाएका छैनन भने लगाएको बाली पनि नउम्रेको र कतिपय ठाउँमा उम्रिएको बालि समेत सुक्न थालेको छ ।

गत कार्तिकदेखी मंसिर मसान्तसम्म हिँउदेबाली लगाउने समयमा बाली लगाउने जमिनमा आत भएका कारण उम्रिएको बाली समेत यतिबेला हराउन थालेको छ । सोही समयदेखी परेको खडेरीका कारण लगाइएको बाली समेत सुक्न थालेपछि किसानहरु निरासा जनक भएका हुन । हिँउदेबाली लगाए लगत्तै पानी नपरेर खडेरी परेपछि किसनाहरुले लगाएको गहुँ, जौ, उवा, केराउ, मसुरो लगायतका बालीनालीको उत्पादनमा निकै ह्रास आएपछि जिल्लाका कृषक चिन्तित बनेका हुन् ।

किसानहरुले लगाएका बालीनालीसंंगै अहिलेको समय फलफूल र बेमौसमी तराकारी रोप्नका लागि खाडल बनाउनु पर्ने खाडलमा मल ब्यवस्थापन गर्ने समय भएपनि खडेरीका कारण प्रभावित भएको अदानचुली २ का कृषक कल बहादुर बुढाले बताउनु भएको छ । उहाँका अनुसार यो समय जिल्लामा बर्षा र हिमपात समेत नहुदा बाली लगाइएको जमिन समेत बाझो हुदै गएको छ । आफुले भेडा पाल्दै आएकोले बनजंगलमा चरि चरन गर्ने घाँस समेत हराउदै गएको बताउनु भएको छ ।

माघ महिना लाग्दासम्म पनि बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा आधा घटिसकेको बताउनु भएको छ । गत साल पनि हिउँदे बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा निकै ह्रास आएको थियो भने यस बर्ष पनि बर्षा नहुँदा उत्पादनमा कमि आएर भोकमरीको संकट आउन सक्ने किसानहरुले बताउने गरेका छन ।

सिँचाइ सुविधा नभएका जिल्लाका उत्तरी तथा दक्षिणी भेगका स्थानमा प्रसस्तै बाली लगाए पनि हिउँदे बर्षा नहुँदा बाली सुक्न थालेको छ । कतिपय ठाउँमा सिँचाइका लागि प्रशस्तै पानी भएपनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ सुविधाको पहुँचमा कृषकहरु पुग्न सकेका नसेको बुझिएको छ । बर्षायममा लगाइएका बाली बाढी पहिरोले क्षेति गरेका कारण खासै उत्पादन नभएको र हिउँदमा खडेरीले लगाइएका बाली पनि सुक्न थालेपछि खाद्यान संकटको चिन्ता पैदा हुन सक्ने कृषकहरुको गुनासो रहेको छ ।

कृषि बिकाश कार्यालय हुम्लाको तथ्याङ्क अनुसार जिल्लाभर १० हजार ९२ हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइने गरिएको छ । उक्त क्षेत्रफलमा गत बर्ष ११ हजार  ३७ मेट्रिक टन उत्पादन भएको कृषि बिकाश कार्यालय हुम्लाका प्रमुख धर्म बहादुर शाहीले जानकारी दिनु भएको छ । उहाँका अनुसार हिउँदे बालि अन्त्रगत पर्ने उवाबालि भने ५ सय ३५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । त्यस्तै जौ ८ सय २ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ भने मसुरो ३ हजार २ सय २७ हेक्टर क्षेत्रफल जमिनमा लगाउने गरिएको बताउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता...