जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्नो पत्रको मितिमा नेपाल संवद राख्न सुरु गरेको छ । नेपाल सरकारको मिति २०८० साल कार्तिक २७ गते बसेको मन्त्रि परिषदको बैठकको निर्णय र प्रहरी प्राधान कार्यालय नक्सालको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालय हुम्लाले जिल्लामा सुरुवात गरेको हो ।
साही दिनको मन्त्रि परिषदको निर्णय अनुसार देशभरका सरकारी कार्यालयमा राख्न सबै कार्यालयलाई परिपत्र गरिसकेको भएपनि हुम्लामा जिल्ला प्रहररी कार्यालयले यसको सुरुवात गरेको छ । जिल्लामा भएका अन्य सरकारी कार्यालयले मितिको तल्लो भागामा नेपाल संवद नराखेको भएपनि सोही कार्यालयले माग ९ गतेदेखि नेपाल संवद राख्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रबत्ता प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले बताउनु भएको छ ।
उहाँका अनुसार जिल्ला प्रहरीबाट हुने कुनैपनि पत्रमा मितिसँगै नेपाल संवद राख्ने गरिएको छ । हाल नेपाल संवद ११ सया ४४ भएको समयमा सरकारको .मन्त्रिपरिषदको निर्णय र प्रहरी प्रधान कार्यालयको परिपत्र अनुसार राख्न सुरु गरिएकोे छ ।
जिल्लामा भएका अन्य सरकारी कार्यालयले सोही निर्णयको पालना नगरेको भएपनि जिल्ला प्रहरी कार्याएलयले ५ दिन अघिबाट यसको सुरुवात गरिसकेको छ । जिल्लामा भएका सबै सरकारी कार्यालयलाई सोही निर्णय अनुसार आगामी तिन महिना सम्मको नेपाल संवद पात्रो समेत दिइसकेको छ । कार्यालयलाई माघ १ गते अर्थात नेपाल संवद ११ सय ४४ को पोहेलाथ्व ४ देखी चौलाथ्व ४ सम्मका लागि पात्रो समेत दिएको छ ।
सोही पात्रोमा पोहेलाथ्व, सिलाथ्व, सिल्लाग्गा, चिल्लाथ्व र चौलाथ्व गरी ५ महिना रहेका छन । सोही नेपाल संवदमा १५ दिनको एक महिना हुने गरेको छ भने सबै महिना संकृत भाषमा रहने गरेको पाइएको छ । सोही मितिमा भएको १५ दिनको एक महिना हुने गरेको भएपनि नेपाल सरकारले बिक्रम संवदको महिनालाई मान्नेछ बार भने ७ दिनको हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...मंगलबार, असोज २२, २०८१
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...बिहीबार, असोज १७, २०८१
तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...बुधबार, साउन ३०, २०८१
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।बुधबार, साउन ३०, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.