सिमकोट । समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा लाग्नु भएका हुम्लाका रिन्जिन फुन्जोक लामाले ‘फिउचर फर नेचर अवार्ड २०२४’ प्राप्त गर्नु भएको छ । यो बर्षमा हिमाली क्षेत्रहरुमा पाईने हिउँ चितुवाको अध्यन मार्फत सोही अवार्ड प्राप्त गर्नु भएको हो ।
उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरी लगायत जनावर र वातावरण संरक्षणमा समुदायमा आधारित भएर योगदान गरेकाले उहाँलाई अवार्ड प्रदान गरिएको फिउचर फर नेचर फाउण्डेसनलाई उदृत गर्दै हुम्लामा संञ्चालित उकाली प्रोजेक्टका अबिनास लामाले जानकारी दिनु भएको छ ।
लामाले बर्ष २०२३ मा सोही जनावरको सम्बन्धित ठाउँमा गएर अध्यन गरेपछि फिउचर फर नेचर अवार्ड २०२४ फेब्रुवरी २९ अर्थात बिहिबार प्राप्त गर्नु भएको छ । लामा सिमकोट गाउँपालिका वडढा नम्बर ३ बरगाउँ घर भई केहीसय यता सोही क्षेत्रमा काम गर्दै आउनु भएको छ । नेपाल सहित विभिन्न देशका २ सय ५० जना मध्यबाट हुम्लाका लामा सहित ३ जना पुरस्कृतको नाम फिउचर एण्ड नेचर फाउण्डेसन नेदरल्याडस्ले बिहिबार सार्वजपनक गरेको छ ।
रिन्जिन लामो समयदेखी जैगली जनावर र मानब समाजबिचको द्धन्द न्युनिकरणमा लाग्दै आएपछि (सन् २०१४) देखि उच्च हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न रहुनु भएको छ । ‘अन्तर्राष्ट्रिय प्रकृति संरक्षण’ मा स्नातकोत्तर गर्नु भएका उहाँले गएको वर्ष विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) को विश्व चर्चित ‘रोलेक्स अवार्ड’ पनि पाउनु भएको थियो ।
संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका व्यक्तिबाट छनौट गरि सोही फाउण्डेसनले लामो समयदेखी अवार्ड प्रदान गर्दै आएको छ । हुम्लाका लामा यो अवार्ड प्राप्त गर्ने पहिलो नेपालीका रुपमा रहनु भएको छ । हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि रिन्जिनले जनचेतना अभियान र स्थानीयको सहभागिताका लागि विशेष काम गर्दै आएका आउनु भएको छ । संरक्षणका अभियानमा उहाँले विशेष गरि महिलाको सहभागितालाई जोड दिँदै आउनु भएको छ । लामाले जिल्लामा भएको लोप उन्मुख बन्यजन्तुको सरक्षण प्रवर्दनमा बिभिन्न कार्यक्रम गरी जोड दिदै आउनु भएको छ ।
जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता...सोमबार, पुस १, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.