हुम्ला । जिल्लामा ९ महिनादेखी पाँच वर्ष मुनीका बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाले शनिबार सरोकारवाला निकायसंगको अन्तक्र्रिया कार्यक्रममा जिल्लामा फागुन २५ गतेदेखि चैत्र ७ गतेसम्म उक्त खोप संचालन गर्न लागेको हो ।
राष्ट्रिय खोप कार्यक्रमको फागुन १३ देखि चैत्र ७ सम्म सञ्चालन हुने अभियान अनुसारमा हुम्लामा फागुन २५ गतेदेखी चैत्र ७ गते सम्म दादुरा–रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले जानकारी दिनु भएको छ । जिल्लाका ७ वटै पालिकाका ६ हजार १ सय २२ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने तयारी पुरा भएको बताउनु भएको छ ।
शनिबार स्वास्थ्य सेवा कार्यालय हुम्लाले आयोजना गरेको दादुरा–रुबेला खोप अभियान २०८०÷०८१ सम्बन्धी अन्तक्रिया कार्यक्रम मार्फत जानकारी दिइएको थियो । सोही अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति, सरोकारवाला र सञ्चारकर्मीसंग अन्तरक्रिया तथा छलफल गरेको छ ।
अभियानमा ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला रोग बिरुद्धको खोप लगाइने स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । खोप अभियानका लागि तयारी भइरहेकाले त्यसका लागि सुझाव सल्लाहकालागि अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको जनाएको छ ।
उक्त अभियानमा जिल्लाका ७ वटै पालिकाका एक सय सात खोप केन्द्रमा खोप लगाइने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहको भनाइ रहेको छ । त्यस्तै उक्त अभियानमा १ सय ७ जना स्वास्थ्यकर्मी र २ सय १४ जना स्वयसेवक परिचालन गरिने भएको छ । प्रमुख सिंहले खोप लगाउनका लागि सबैले सहयोग गर्न आग्रह समेत गर्नु भएको छ । बालबालिकाको भविष्य भएमा देश निर्माणमा टेवा पुग्ने भएकाले खोप अभियानलाई प्रभावकारी बनाउन सहयोग सबै क्षेत्रबाट हुनुपर्नेमा उहाँको जोड रहेको छ ।
जिल्लामा संचलन हुने दादुरा रुबेला खोप अभियानमा संचार माध्यमको अहम भूमिका रहने विश्वास लिनु भएको छ । जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति कार्यबाहक प्रमुख सरिता रावतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको सहभागिता हरेको थियो । खोप अभियानको जानकारी स्वास्थ्य सेवा कार्यालय हुम्लाका फोकल प्रसन प्रेम पाण्डेले गर्नु भएको थियो ।
खोप अभियानका लागि सबै पालिकामा खोप केन्द्रहरु तेकिएको छ सोही पालिका मध्यबाका नाम्खा गाउँपालिकामा १५, सिमकोट गाउँपालिकामा २०, खार्पुनाथमा १४, सर्केगाडमा २३, चंखेली र अदानचुली गाउँपालिकामा १२ र ताँजाकोट गाउँपालिकामा ११ वटा खोप केन्द्र तोकिएको छ ।